याम्बु । ठेट पूर्वेली लोकभाकाहरू गाएर प्रसिद्धि कमाएकी स्वर्गीय हिरादेवी वाइवाकी छोरी नवनीत आदित्य वाईवाले गाएकी आमाका गीतहरूको सङ्ग्रह “आमालाई श्रद्धाञ्जली” शुक्रवार सार्बजनिक गरेकाे छ ।

हिरादेवी वाइवाले ४० वर्षको गायन यात्रामा करिब ३ सय मौलिक लोकभाकाहरू गाएर नेपाली लोकसङ्गीतको विकासमा योगदान पुराएकी छिन् । सन् १९७० दशककी चर्चित गायिका वाइबा सन् १९६६ मा रेडियो नेपालको स्टुडियोमा आफ्ना गीतहरू रेकर्ड गराएका थिए ।

उनका “फरिया ल्याइदेछन, त्यो पनि राता घनन….” “धनकुटाको डाँडैडाँडा, चल्यो हुलाकी….” “आइस्याङ्वो सहनाइको संकेतले सम्झायो सइबैलाई……” “राम्री त राम्री….”   जस्ता गीतहरू लोकप्रिय रहेका छन् । 

९ सेप्टेम्बर १९४० मा खरसाङको अम्बोटिया चियाकमानमा जन्मिनु भएकी वाइवाको  निधन सन् २०११ जनवरी १९ का दिन ७१ वर्षको उमेरमा बंगाल मेडिकल कलेजमा भएको थियाे । उनका गीतहरूलाई आधुनिक प्रविधिमा रेकर्ड गराई आगामी पुस्तासम्म जीवन्त बनाउने उद्देश्यले ती लोकप्रिय गीतहरूलाई रि रेकर्डिङ गरिएको छोरी नवनीत र उनका भाई सत्य आदित्य वाइवाले बताए ।

वाइवा खरसाङस्थित अल इण्डिया रेडियोकी उद्घोषक समेत रहेकाे उनका छाेरी नवनीतले बतार्इन् । उनले सन १९६३ देखि १९६५ सम्म उद्घोषकका रुपमा काम गर्नु भएकाे थियाे । आफ्नै कदमलतास्थित भानुनगरमा आफ्ना स्वर्गीय पिता सिंहमान सिंह वाइवाको नाममा एस एम वाइवा इन्टरनेशनल म्युजिक एण्ड डान्स एकेडेमी स्थापना गर्नुभएको थियो ।

हिरादेवीलाई नेपाली एकेडेमी दार्जिलिङले सन् १९८६ मा मित्रसेन पुरस्कार, गोरखा सहिद सेवा समिति लाइफ अचिभमेण्ट अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी,उनी सिक्किम सरकारबाट सन् १९९६ मा मित्रसेन स्मृति पुरस्कारबाट पुरस्कृत भएकी थिर्इन्। सन् २००१ मा दार्जिलिङ गोरखा पार्वत्य परिषदबाट हिरादेवीले अगमसिंह गिरी पुरस्कार प्राप्त गर्नु भएको थियो ।

नेपालमा हिरादेवी वाइवालाई २०६६ सालमा ५१ हजार रुपैंया नगद सहित मधुरिमा फूलकुमारी महतो सम्मान गरिएको थियो । साधना सम्मान नेपालबाटै उनको योगदानको कदर गर्दै प्रदान गरिएको अर्को सम्मान हो ।

Comments

comments

SHARE