Tuesday, January 16, 2018

साहित्य

अब त्यो झोलाले तिम्रो पनि आत्महत्याको मिती तोक्नेछ च्याङ्बा !

-मोक्तान थेबा  लु हो……..च्याङ्बा ! यो त हुँदै भएन……….. किन बोकिरहन्छौ च्याङ्बा तिम्रै आयु मागिरहेको पुरातन झोला र, बनिरहेछौ झोले ? त्यही झोलाले किच्चिँदा तिम्रो कति म्हेमेहरुले आधाबाटोमा आफ्नै सपनाहरुको मलामी बन्नुपर्‍यो हिसाब छ च्याङ्ब तिमीसित? त्यही हत्यारा झोलाको सामु आत्मसमर्पण गर्दा डिकेन्द्रले अस्तिमात्र झोलाहरुको दरबार अघिको पटाङ्गीमा आत्महत्यागरेको बिर्स्यौ ? पक्कै बिर्सेंको छैनौ तिम्ले र यो पनि नबिर्स च्याङ्बा अब त्यो झोलाले तिम्रो पनि आत्महत्याको मिती तोक्नेछ र, तिम्लाई झोला भिराउनेहरुले नै तिम्रो कायर आत्महत्याको भत्सर्ना गर्नेछन् अनि……… अनि……… झोलाभरी खँदिएको तिम्रो अधुरो सपनाहरु तिमीसङ्गै झुन्डिनेछन् नास्पातीको मूल हाँगोमा- तुर्लुङ्ग!! ढाकाटोपी र दौरासुरवालमा छाँटिएर भँगेरोको जत्रो त्यो टाउको ब्यर्थै, किन नचाउछौ च्यङ्बा फनफनी? भो ननचाउ च्याङ्बा त्यसरी त्यो दौरासुरवाल र ढाकाटोपी खै कहाँनेर सुहायो र तिम्रो गहुँगोरो बाटोलो अनुहारसित? भित्तामा झुण्डिरहेको तिम्रो आप्पाको गोलाकार टोपी र डम्फु तिम्रो आत्मसमर्पण देखेर आत्मग्लानिले जलिरहेकोछ देख्यौ कि देखेनौ तिम्रो त्यो चिम्से आँखाले?? तिम्रो पुर्खाको रगत र आँखाको निलो पोतिएको त्यो त्रिकोणी झण्डा हल्लाउँदै ढुक्कुरको जत्रो त्यो छाती बेकार किन फुलाउँदैछौ च्याङ्बा? त्यो झण्डाको त्रिकोणी चुसो र तिम्रो थेप्चे नाकको वास्तुकर्म खै कहाँनेर मिल्यो र ? त्यो जातिय चन्द्र-सुर्यले डाम्दा डढेको तिम्रो ढाक्रे आख्खे र आपाका निधारका डोबहरु छामेको छौ त कहिल्यै? फरक यत्ति हो च्याङ्बा तिम्रो आख्खेले काँधमा चारपाङ्ग्रे भारी हाल्थे तिमी ज्यानमारा झोला भिर्दैछौ तर यी दुबैको उद्धेश्य एउटै छ च्याङ्बा तिम्रो बचेखुचेको अलिकती ईतिहास पनि मेट्ने र तिम्रो जीवनको भेटी खाने तिमीनै भन च्याङ्बा अब पनि त्यही ढाकाटोपी र दौरासुरवाल माथि ज्यानमारा झोला भिर्दै र दुई हातले उही चन्द्र-सुर्य फिर्लिङ्-फिर्लिङ हल्लाउँदैमा तिम्रो मुक्तिको हिमाल हाँस्लान् त च्याङ्बा? अँह मैले त फिटिक्कै पत्याइनँ च्याङ्बा आउ……. च्याङ्बा…. आउ….. त्यही झोलामा दौरासुरवाल, ढाकाटोपी र चन्द्र-सुर्य पोको पारेर आउ आख्खेको धुर्सासङ्गै जलाउँला त्यसलाई र त्यही आगोमा झोसेको मशाल बोकेर निस्कौँला एउटा फरक यात्रामा ।।  (याम्बु) शब्दार्थ: तामाङ-नेपाली धुर्सा: चिहान आख्खे: पुर्खा/ जुजु-बाजे

गाउँ छोडेको दिन

-फूलमान बल  मैले गाउँ छोडेको दिन चराहरुले गीत गाउने छन् यो तोरीबारी, यो अम्रिसोघारी, यो गोरेटो, यो चौतारो, सब–सब हुनेछन अंध्यारो र, भन्नेछन– ए परदेशी, जाने नै भए, लैजाऊ – तिमीले गोरेटोमा बनाएका पद्छापहरु लैजाऊ – तिमीले सुनाएका साँझभरीको सेलो लैजाऊ – तिमीले अँगेनामा आगो फुक्दा निस्केको त्यो...

अहँ मलाई पटक्कै मन छैन  तिम्रो सहरमा बस्न  मन छदैछैन  कति 

        साधना गाेले तामाङ बसाइँसराइ  अहँ मलाई पटक्कै मन छैन  तिम्रो सहरमा बस्न  मन छदैछैन  कति  पनि छैन तिम्रो दुर्गन्धित  शहरमा बस्न त्यसैले बसाई सरिहाल्छु  कोठा सरिहाल्छु ।  पर पारीपट्टी भितामा  हिउ नै हिउको थुप्रोमा  चौरी र हिउफूलहरु  फुलेको बस्तिमा  लालिगुराँस र बिर्सिङ म्हेन्दो  हरुफुलेको बस्तिमा  खै...

कि तो छैन कि मो छैन !!

गाेले केअार चालिसेली हो, तेरो नजरमा- अबुझ हुँला म । मूर्ख हुँला म । अपराधी पनि हुँला म ।। सक्छस् ? सुन्ने क्षमता छ तँसँग ? तैँले, ममाथि लगाएको आरोपको प्रतिवादमा उर्लिएका शाब्दिक प्रहार सहन सक्छस् ?? हो, म गरीब छु हो, म पछि...

मैले बोल्द गाई खाने भाषा के तिम्रो पुर्खाले गाई खाएको थिएन ?

ङेमा थाङपाल  के हो धर्म ? धर्म कहाँ छ ? धर्मको राज्य ? कसले चलाएको छ ? राज्यका आफ्नै धर्म भएको संसारको कुन देशमा छ ? आज सोध्न मन लाग्छ ? मलाई लाग्छ । भाषा धर्म र जात,  नवा जात शिशु  जन्मादै...

ओई चुच्ची बाहुनी,किन तिम्रो नाक त्यसरी चुच्चो ? किन मेरो नाक यस्तरी थेप्चो ??

मिसन- ह्रुर्इगी फो ल चुच्चो न चुच्चो नाक भएकी ओई चुच्ची बाहुनी ! थेप्चे न थेप्चे नाक भएको यो थेप्चेतिर एकपटक हेरन होई । केही बोल्न खोज्दैछु- केही त सुनन होई !! किन तिम्रो नाक त्यसरी चुच्चो ? किन मेरो नाक यस्तरी...

आवाज विहीनहरुको आवाज नाम्सादिम

-कृष्णकुमार लामा तामाङ समीक्ष पृष्ठभूमि सञ्चार सदैव शक्तिको पछाडि दौडन्छ । यो सञ्चारको स्वभाव पनि हो । शक्तिलाई पछ्याएन भने शायद संचारले पनि महत्व पाउँदैन । त्यो महत्व फेरी शक्तिले पनि पाउँदैन । यसैले त...

अलुम् तेःमे ब्लाेताेला  व्हाराला उस्युप् थाःताेला ।

तक धुई ह्रप्बा चु डाम्पा पेङ्दाेर्जेसे स्हेङ्बासे । तङ्की तङ्सार डल्तासी  अम्बुला घेरारी छेङ्बासे । ख्वारारा दिङ्सी दाेखजी  ह्याङ् तामाङला ल्हाेछार ठिम् । पपपाेप तासी ग्ला गिरी दङ्पाे ह्रन्तेन् तेन्पा टिम् । अलुम् तेःमे ब्लाेताेला  व्हाराला उस्युप् थाःताेला । व्हारारी राेःबा म्लाङ् माेठे पाेकाेरी युसी...

रानीदहमा तैरिरहेको रेन्जेन दोर्जेको टाउको

चुनौती  रानीदहमा तैरिरहेको रेन्जेन दोर्जेको टाउको बोकेर २ सय ५४ वर्षपछि आज म याम्बुको सडकमा उभिएको छु ए पृथ्वीनारायण ! आज कहाँ लुकेर दिँदैछौ उपदेश ? आऊ सडकमा आऊ अन्तिम छिनोफानो गरौं म मासिन्या मतवाली गौ हत्याको आरोपमा बेकसुर टुँडिखेलमा काटिएको मेरो बाजेको टाउको बोकेर तिम्रो शालिकअघि ठिङ्ग...

गाडीको स्टेरिङघुमाउँदै कवि : लालबहादुर तामाङ

लेखन दैवी शक्ति या ईश्वरप्रदत्त गुण हो । संसारमा नामी र दामी कहलिएका कुनै पनि लेखकहरुले लेखक बन्नका लागि तालिम या औपचारिक शिक्षा लिन स्कुल या क्याम्पस गएका छैनन् । जानु पनि पर्दैन ।...