Tuesday, January 16, 2018

लेख

तामाङलार्इ इतिहासबाट लाेप गराउने षड्यन्त्र यसरी भएकाे थियाे

-सानु कान्छा तामाङ  तामाङ समुदायले  कहिले देखी पुन: तामाङ लेख्न र तामाङ भाषा  बोल्न पाइयो भनेर जान्न पाउनु नितान्त जरुरी सम्झेर यो सानो इतिहासका अधुरा सत्यलाई पूर्णता दिने प्रयास गरेको छु । इतिहासका अलिखित दस्ताबेजहरु...

लुम्बिनीको परिचयः

लम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहा“को सुन्दर र पवित्र बगैंचामा माता मायादेवीकाकोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो उनले जन्मने बित्तिकै सातपाइला हि“ड्दे मनुष्य जातिका लागि यसै ठाउ“बाट युगान्तकारी उद्गार प्रकट गरेका थिए यो पावभूमी अहिलेसंसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंकोसंख्यामा तिर्थालुहरु पर्यटकहरु तथा अध्ययेताहरु लुम्बिनीको भ्रमण गर्छन् । धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमिः विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रतिअगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ ।लुम्बिनीमारहेका पुरातात्विक तथा ऐछिहासिक अवशेषहरुले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेकातथ्यहरु उजागर गर्दछन् । प्रसिद्धमौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मालुम्बिनीको तिर्थ यात्रा गरेका थिए ।उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहा“ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो)भन्ने शिालेख सहितको ढुड्डाको स्तम्भ खडागरे जसलाई हालत प्रसिद्ध अशोक पिलरहका रुपमा लुम्बिनीमा पाउनसकिन्छ ।सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहा“लाईशुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिकठाउ“हरुको भ्रमण समेत गरे । प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनिया“ यात्रीहरु त्सेङ साई,पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पा“चौ शताब्दीमा र हुयेन साड्डले सातौंशताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साड्डको  यात्रा विवरणहरुले लुम्बिनीको बारेमाबिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी,चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रकाराजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि  पदम हुम रिपुमल्ल चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो । पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररलेअशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीलेभगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरुबाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे । भारतीयपुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् । सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय अत्नर्राष्ट्रिय संघसंस्थाहरुको समेत सहयोगर सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण रसम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गतलुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएकोथियो । १९८५ देखि स्वायत निकायका रुपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी    क्षेत्रको उत्खनन्,संरक्षण र प्रवद्र्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्मा कोष, नेपाल सरकार पुरातत्वविभाग र जापान बौद्ध महासंघले संयुक्त रुपमा मायादेवी मन्दिर परिसरमा उत्खनन् कार्य गरेका थिए । हाल लुम्बिनीविश्वभरका लाखौं मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको र सुन्दर,शान्त वाटिकाका रुपमा विकसित हु“दै गइरहेको छ । लुम्बिनीका धरोहरहरुः भगवान गौतम बुद्ध तथागतको महापरिनिर्वाण लगत्तेपछि लुीम्बनी एक महत्वपूर्ण आध्यात्मिक स्थलको रुपमापरिवर्तन भयो । लुम्बिनीको सबैभन्दा पवित्र जन्म विन्दुले श्रद्धालु भक्तजनहरुको ध्यान आकर्षित ग¥यो ।फलस्वरुपभगवानप्रति श्रद्धाञ्जलिका लागि विभिन्न स्तुपहरु तथा विहारहरु निर्माण भए ।यी निर्माणहरु धार्मिक प्रवृत्तिका थिए। मायादेवी मन्दिरुः यस पवित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु हो ।विभिन्नशताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्व तथा प्राचीनता माथि प्रकाश पार्दछ ।भगवान बुद्धकोजन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र अवस्थित छ ।मन्दिरभित्रका भग्नावशेषहरु ई.पू.तेश्रोशताब्दीदेखि सातौं शताब्दीसम्मका छन ् । जन्म स्मारक शिलाः जन्मस्मारक शिला एक गहिरो कोठामा रहेको छ । जसले भगवान बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउ“छ ।मायादेवीमन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९९६ मा पत्ता लागेको हो । मायादेवी मूर्तिः मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भनिन्छ ।चौथो शताब्दीमा निर्मित यस मुर्तिले बुद्ध भगवानको जन्म दृश्यलाईदेखाएको छ ।मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हा“गा समात्नु भएको छ ।देब्रेपट्टि छेउमा उहा“कीबहिनी प्रजापति उभिइरहनु भएको छ भने दुई देवगणहरु भगवानलाई लिनका लागि तयारी अवस्थामा देखिन्छन् रनवजात बुद्धको मूर्ति बीचमा देखिन्छ । पवित्र पोखरी(पुष्करिणी)ः अशोकस्तम्भको दक्षिणमा पवित्र पुष्करिणी अवस्थित छ ।मायादेवीले बुद्ध भगवानलाई जन्म दिनुभन्दा अगाडि यहा“नुहाउनु भएको थियो साथै भगवानलाई पनि यहमा“ प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ । अशोक स्तम्भः अशोक स्तम्भमा कु“दिएका शिलालेखले भगवान गौतम बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक प्रमाण दिन्छ ।भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा  यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्णआधिकारिक तथा ऐतिहासिक अभिलेख हो । नया“ लुम्बिनीः सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमण नै आधुनिक लुम्बिनीको विकासकोसम्बन्धमा कोसेढुड्डा सावित भयो ।लुम्बिनीको महत्व तथा पवित्रताबाट अति प्रभावित भएर उनले स्वर्गीय श्री ५महेन्द्रस“ग छलफल गर्नुका साथै नेपाल सरकारस“ग लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा पर्यटन केन्द्रको रुपमाविकास गर्न सल्लाह दिए ।सन् १९७० मा उनले संयुक्त राष्ट्र संघको सहभागितामा लुम्बिनीको विकास गर्न १५ सदस्यराष्ट्र भएको ‘लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति’ गठन गर्न सहयोग गरे ।लुम्बिनीको योजनाबद्ध विकासकोलागि सन् १९७२ मा जापानी नागरिक प्रा.केन्जा टांगेलाई लुम्बिनी गुरुयोजना तयार गर्ने गहन जिम्मेवारी दिइयो । लुम्बिनी गुरुयोजनाः प्रा.केन्जो टांगेद्धारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्र संघबाट सन् १९७८ मा पारितभयो । त्यस अगाडि नै नेपाली सरकारले लुम्बिनीको विकासका लागि लुम्बिनी विकास समितिको गठन गरिसकेकोथियो । उक्त समितिले स्थानीय वासिन्दाहरुको जग्गा अधिग्रहण गरी विकासका पूर्वाधारहरुको निर्माण र वृक्षारोपणजस्ता कार्यहरु ग¥यो । अहिले पनि लुम्बिनी विकास कोष उक्त गुरुयोजना अनुरुप संरचनाहरु निर्माण गर्न क्रियाशीलरहेको छ । गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरुमा विभाजित गरीपैदल बाटो र केन्द्रीय नहरुले जोडिएको छ । ती ३ क्षेत्रहरुः क) पवित्र उदान      ख) विहार क्षेत्र    ग) नया लुम्बिनी ग्राम हुन् । प्रा.केन्जा टांगेको डिजाइनको प्रमुख आकर्षण नै दक्षिणी भागमा अवस्थित पवित्र उद्यान हो ।यस क्षेत्रको डिजाइनकोप्रमुख उद्देश्य आध्यात्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसाको वातावरण सृजना गर्नुका साथै संसारका लागि भगवानबुद्धको समयानुकूल सन्देश प्रतिविम्बित गर्नु हो ।पवित्र उद्यानमा पुरातात्विक तथा ऐतिहासिक धरोहरु अवस्थित छन्भने बगैंचा र सुन्दर पोखरीहरुले यस क्षेत्रलाई अत्यन्त मनमोहन बनाएका छन् ।पवित्र उद्यानदेखि उत्तरपट्टि मध्यभागमा जंगलभित्र अवस्थित विहार क्षेत्रलाई केन्द्रीय नहरले विभाजित गरेको छ ।पश्चिम विहार क्षेत्रमा २९ वटाप्लटहरु महायानी बौद्धमार्गीहरुका लागि र पूर्वी विहार क्षेत्रमा १३ वटा प्लटहरु थेरवादीहरुका लागि छुट्याइएको छ । सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सभागृह र संग्राहलय अवस्थित छन् जसबाट बौद्धधर्मसम्बन्धी अध्ययन तथा अनुसन्धानकर्ताहरुलाई सुविधा पुग्दछ ।गुरुयोजना क्षेत्रको उत्तरी भाग नया“ लुम्बिनीग्रामको रुपमा विकास भइरहेको छ ।यात्रु तथा पर्यटकहरुले यस स्थानमा आरामदायी होटल, लज, रेष्टुरेण्ट तथा अन्यसुविधाहरु प्राप्त गर्नेछन् । चार आर्य सत्य १. दुःख : यस दुनियामा सबै केही दुःख छ।जन्ममा, बूढे हुनेमा, रोगमा, मौतमा, प्रियतम भन्दा टाढा हुनेमा, नापसंदचीजहरू सहितमा, चाहतलाई न पानमा, सबैमा दुःख छ। २. दुःख प्रारम्भ : तृष्णा, या चाहत, दुःखको कारण छ र फिरबाट सशरीर गरेर संसारलाई जारी रख्दछ। ३. दुःख निरोध : तृष्णाबाट मुक्ति पाए जानसक्दछ। ४. दुःख निरोधको मार्ग : तृष्णाबाट मुक्ति आर्य अष्टांग मार्गका अनुसार बाँच्नबाट पाए जानसक्दछ। बुद्धको पहिले धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साधुहरूलाई दिेको थियो, यी चार आर्य सत्यहरूका बारेमा थियो। आर्य अष्टांग मार्ग बौद्ध धर्मका अनुसार, चौथो आर्य स्त्यको आर्य अष्टाण्ग मार्ग छ दुःख निरोध पानको बाटो।गौतम बुद्ध भन्थे कि चार आर्यसत्यको सत्यताको निश्चय गर्नको लागि यस मार्गको अनुसरण गर्नु पर्छ ः १. सम्यक दृष्टि : चार आर्य सत्यमा विश्वास गर्न २. सम्यक संकल्प : मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्न ३. सम्यक वाक : हानिकारक बात्नुहोस् र झूट न बोल्न ४. सम्यक कर्म : हानिकारक कर्महरू न गर्न ५. सम्यक जीविका : कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार न गर्न ६. सम्यक प्रयास : आफै सुधारनेको कोशिश गर्न ७. सम्यक स्मृति : स्पष्ट ज्ञानबाट देखनेको मानसिक योग्यता पानको कोशिश गर्न ८. सम्यक समाधि : निर्वाण पाउन र स्वयंको गायब हुनु केहि मानिसहरू आर्य अष्टांग मार्गलाई पथको तरिका समझते छ, जसमा अगाड़ि बढ़नेको लागि, पछिल्लोका स्तरलाईपाउन आवश्यक छ। र मानिसहरूलाई लग्दछ कि यस मार्गका स्तर सबै संग-संगै पाए जान्छन्। मार्गलाई तीनहिस्साहरूमा वर्गीकृत गरिन्छ : प्रज्ञा, शीला, र समाधि।

नेपालमा किन भईरहेको छ भीषण संघर्ष ?

तामाङ समुदाय पिपा गोश्वारा, हली-गोठाला र भारी बोक्नेजस्तो अपमानित कार्यमा संलग्न हुन बाध्य भए पनि इतिहासमा कहीँ कतै कुनै पनि जनविरोधी शासकसँग झुकेको र उनीहरूसंग आत्मसमर्पण गरी तिनीहरूलाई सहयोग गरेको इतिहास छैन । नेपाल ८०...

सांस्कृतिक साम्राज्यवाद: केही आधारभूत पक्ष

-विक्रम सुब्बा के हो सांस्कृतिक साम्राज्यवाद ?: यसलाई 'साम्राज्यवादी (ऐतिहासिक रुपमा स्पेनिस, पोर्तुगीज, फ्रान्सेली, हलेण्डी, बेलायती र हाल अमेरिकी)' हरुको सांस्कृतिक (युध्द) मोर्चा भनिन्छ । साम्राज्यवाद भन्नाले यहाँ, सभ्यताहरु मध्ये शक्तीशालीलाई 'काखा' कमजोरलाई 'पाखा' गरिने भेदभावपूर्ण...

माया गर्नेले नै छुरा राेपे

डाँडाको चौतारी, जहाँ सितल छहारी छ, त्यही छहारीमा कयौं बटुवा खुईया गर्छन् । विश्राम लिन्छन्,जान्छन् । त्यो चौतारी लाकुरीको बोट, सितल छहारी दिएसम्म सबैको प्यारो, वुढो भएर मर्छ, कसलाई केको माया,दया । हो, जीवनमा...

हाम्रो मौलिकता यसरी लाेपहुँदै

उठान अघिल्लो वैशाख २३ गते देखि २९ गते सम्म तामाङ मातृभाषा पढाउदै गरेका र पढाउने थालनी गर्न लागेका बच्छलादेवी उमावि स्रोतकेन्द्रका १५ वटा विद्यालयका २५ शिक्षकशिक्षिकाहरूको लागि तामाङ मातृभाषी शिक्षक तालिम सञ्चालन गरिएको थियो ।...

आर्य अवलोकितेश्वरको संक्षिप्त परिचय तथा माणि- चक्रको व्याख्यान तथा लाभ आर्य अवलोकितेश्वरमा बन्दना;

- पाल्साङ नोर्वु तामाङ (बोम्जन) कल्प-कल्प पहिला बुद्ध अमिताभमा महा करुणा जागी जगत हितका निम्ति उपाय तथा कौशल करुणाको नजरले लोक धातुहरुमा अवलोकन गर्नुभयो । त्यस अवस्थामा लोकेश्वरको रुप द्वारा पुरुष देवहरुको विनीत गर्नु पर्ने...

दु:ख सत्य

चित्र शाक्य संसारमा दु:ख छ, यो चार आर्यसत्यमा पहिलो सत्य हो। आफूले चाहे जस्तो नहुनु, नचाहे जस्तो हुनु, मनपर्ने संग बस्न नपाउनु, मननपर्ने संग बस्नु पर्ने हुनु, यी सांसारिक दु:ख हुन्। यो दु:खलाई सुनेर थाहा...

बाैद्धमार्गी समाजवाद र पुँजीवाद

१. मानव विकास सूचकांक (Human Development Index-HDI): अहिले कुनै पनि मुलुकको विकास-उन्नती-प्रगतीलाई UNDP को HDI ले नाप्ने गरिँदै आएको थियो । HDI मा निहित तीन मापक (Measuring factors) तत्वहरूः १) मानिस(महिला र पुरुष)को सरदर आयु...

स्वीस मोडलको डाइरेक्ट डेमोक्रेसी र संघीयता

-विक्रम सुब्बा १. डेमोक्रेसी कसरी फेल भयोः सभ्यताहरूको इतिहासमा १. “धर्म”हरूले, त्यसपछि २. “बन्दुक”(सेना-पुलिस राखेर राजाहरू)ले, अनि ३) “डेमोक्रेसी”ले शासन चलाए । अहिले ‘डेमोक्रेसी’ पनि ‘फेल’ हुँदै गएपछि ४. Multinational company चलाउँने “व्यापारी”हरूले आधुनिक साम्राज्यवादी भएर संसारभरिका धर्म गुरू,...