-नामसदिम संवाददाता

सानै उमेरदेखि गीत संगीतमा रुचि रहेका नव गायक बिरे तामाङ (प्रकाश) ले भर्खरै फिल फिल जामा तामाङ गीत बजारमा ल्याएको छ । तामाङको गीत वरिष्ठ तामाङ सेलो गायक ताथ संगीतकार चन्द्रकुमार दोङले सार्बजनिक गरेको थियो ।

भक्तपुरमा मंगलबार एक कार्यक्रम गरि तामाङ गीतको सार्वजनिक गरेको हो । कार्यक्रममा कलाकार पत्रकारहरुको बाग्लो उपस्थित रहेको थियो । उक्त गीतमा गायिका जीतु लोप्चनले स्वर दिएकी छिन ।

तामाङ गीतको भिडियोमा अभिनय भने नायक कुमार मोक्तान तामाङ, निरन्जली तामाङ र गायक स्वयंले गरेका छन ।

गीतको शब्द कुमार स्याङ्बाको हो भने संगीत गायक विशाल काल्तनले भरेका हुन् । भिडियोको निर्देशन प्रतीक ङ्यासुर तामाङ्ले गरेका छन, भने सार्बजनिक कार्यक्रमको संचालन संचारकर्मी सुदिन दोङले गरेका हुन् ।
भिडियो मंगलबार जिग्मे मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

Comments

comments

SHARE