_नामसादिमा संवाददाता

मङ्सिर  ६ काठमाडौं । राजधनीमा तामाङ सेलो- संगीत तथा तामाङ खाना महोत्सव गर्ने भएको छ । तामाङ कलाकार संघले शुक्रबार पत्रकार सम्मेनमार्फत् महोत्सव गर्ने जानकारी दिएको हो ।

उक्त महोत्सवमा टिपिकल तामाङ खाना खुवाउनु साथै परापूर्वकालदेखि चल्दै आएको तामाङ समुदायमा तम्बहरुले गाउने तम्बा गीत, म्हेन्दोमया, खन्दोके भाका, तामाङ सेलो आदि प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।

तामाङ समुदाय आदिमकालदेखि तामाङ भाषा बोल्ने, मानव उत्पत्तिको कुरा गीतबाट नै गाउने गर्दथे । त्यसैले त ती समुदाय उहिलेदेखि नै सात दिन सात रात सम्म पनि गीत गाउने गर्नु हुन्थ्यो । अहिले पनि तिनै तामाङ समुदाय आफ्नो इतिहास गीतबाट नै सातदिन सात रात गाएर प्रस्तुत गर्ने गरिन्छ । तामाङ र नेपालमा रहेका आदिवासी जनजातिहरुको इतिहास राज्यको तर्फबाट कुनै पनि पुस्तकमा लेखेको पाइँदैन । राज्यको गरेको यस्तो विभेद भएता पनि अहिलेसम्म तिनै तामाङ्ग समुदायले यसरी गीत गाउने गरिन्छ ।

कुकुर बाध्ने साङ्लोले, गाई त बाध्ने दाम्लोले, म छोरो यस्तै भएपनि, सातदिन सात रात थुनेको, तामाङ्ग गीतको माम्लोले ……….  भनेर गीत गाउने गरिन्छ ।

दुईदिन चल्ने महोत्सवमा पहिलो दिन यही मंसिर २७ गते उदघाटन तथा सांगीतिक कार्यक्रम र दोस्रो दिन तामाङ मौलिक फापर गीत, डम्फू गीत, म्हेन्दो माया,खान्दोके भाका सेलो गीत संगीत प्रस्तुत गर्नुका साथै तामाङ खानाहरु खुवाउने आयोजक संस्थाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । महोत्सवको दुईदिन नै स्टल हरुमा तामाङ्ग खाना, खाद्यपदार्थ, भेषभूषा आदि प्रदर्शन गर्ने जनाएको छ ।

महोत्सव यही मङ्सिर को २७ र २८ गते काठाडौंको चुच्चेपाटी स्थित भाट भाटेनी अगाडिको ग्राउण्डमा गर्ने आयोजकले जानकारी दिएको छ ।

 

Comments

comments

SHARE