-नाम्सादिम संवाददाता
नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ बार्षिकोत्सवको शुभ अवसरमा अन्तर्राष्ट्रिय तामाङ ह्वाइखा (कविता) प्रतियोगिता कार्यक्रम गर्ने भएकाे छ । संस्थाले मातृभाषा बिकास र उत्थानका लागि ह्वाइखा प्रतियोगिता आगामी १५ नोभेम्बर (२०१९) राख्न लागेकाे आयोजक जानकारी दिएकाे छ ।

तामाङ ह्वाइखा प्रतियोगितामा बिश्व भरी छरिरहेका सम्पुर्ण तामाङ साहित्यकारहरूले भाग लिन पाउने कार्यक्रम संयाेजक  नानीमाया याेञ्जन तामाङले जानकारी दिइन् । प्रतियाेगितामा प्रथम, द्दितिया, तृतीय हुनेलाइ पुस्कारकाे समेत व्यबस्था रहेकाे जनाएकाे छ । कविताकाे शीर्षक “लोप्खाङ “(बिद्यालय) हुनुपर्ने आयोजकले जानकारी दिएकाे छ ।

प्रतियाेगितामा भाग लिनेहरूका लागि नियमहरु यस प्रकार रहेका छन् ।

१) कविता १०० शब्द हुनु पर्नेछ ।
२) प्रतियोगितामा संसार भरिका तामाङहरुले भाग पाउँने छ ।
३) प्रतियाेगितामा भागलिनेहरूले (कविता)संगै पासपोर्ट साइजको एक प्रति फोटो सहित स्थाइ र अस्थाई ठेगाना र सम्पर्क नम्बर पठाउनु पर्नेछ ।
४) ह्वाइखा ( कविता ) नेपाल तामाङ घेदुङ इजरायलको इमेल israelghedung@gmail.com मा अथवा संयोजक समितिका सदस्यहरु नानीमाया योन्जन तामाङ , सुन्दर याेञ्जन तामाङ, बिबि लामा को फेसबुक इन्बक्समा पनि पठाउन सक्नु हुनेछ ।

५) प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरुले आ-आफ्नो ह्वाइखा (कविता) यहि अक्टोबर (२०१९) १८ तारीख शनिबार बिहान ७ बजे देखि नोभेम्बर २:०० तारिख इजरायलको समय बेलुकी १२:०० बजेसम्ममा प्राप्त भएको ह्वाइखाहरुलाई मात्र समावेश गराइनेछ ।

६) प्राप्त ह्वाइखा (कविता)हरु क्रमबद्ध रुपमा संकलन गरिनेछ ।
७) प्राप्त सबै ह्वाइखा (कविता) हरु संकलन गरि निर्णयको निम्ति सम्बन्धित बिधामा अनुभवी दखल ब्यक्तित्वको तीन सदस्य निर्णायक मण्डल समक्ष पठाइनेछ ।
८) निर्णायक मण्डलले निर्णय गरेको निर्णय नै अन्तिम निर्णय मान्नु पर्नेछ ।

पुरस्कार
१) प्रथम हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैयाँ = १५,००० ( पन्ध्र हजार )नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।
२) द्धितीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैयाँ १०,००० (दस हजार ) नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।
३) तृतीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैयाँ ५,०००(पाँच हजार ) नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।
४) चौथो हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैयाँ १५००(पन्ध्र सय) सान्त्वना पुरस्कार र प्रमाण-पत्रबाट सम्मान गरिनेछ ।
५) सम्पूर्ण सहभागी प्रतियोगिताहरु सबैलाई प्रशंसा-पत्रबाट सम्मान गरिनेछ ।

बिजेताहरुको ह्वाइखा (कविता) लाई कार्यक्रममा वाचन गरी सुनाइने छ । साथै सहभागी सम्पूर्ण प्रतियोगीहरुको रचनालाई तामाङ अनलाइन मार्फत नाम थर र ठेगना सहित प्रकाशन गर्ने कार्यक्रम संयाेजक नानीमाया याेञ्जन तामाङले जानकारी  दिएकाे छ ।

Comments

comments

SHARE