-नाम्सादिम संवाददाता
असाेज ११, पान्थर । फिदिम नगरपालिका १० काे खलंगाटार मा.वि मा यहि शैक्षिक शत्रबाट लिम्बू भाषा कक्षा ११ र १२ मा सञ्चालन गर्ने भएकाे छ ।

फिदिम नगरपालिका वडा नं १० अध्यक्ष तथा खलंगाटार मा.विका अध्यक्ष बिना थाम्सुहाङ्को अध्यक्षतामा बसेको बैठकले कक्षा सञ्चालन गर्ने बारे निर्णय गरीसकेकाे छ ।

बिद्यालयमा कक्षा १ देखि ८ कक्षा सम्म अध्यन अध्यापन भइरहेका छन् । कक्षा ११ र १२ को लागि शिक्षक श्यामबहादुर जबेगु र बिबि थाम्सुहाङ (सुगम)लाइ तोकिएको बिना थाम्सुहाङ्काेले जनाएकाे छ ।

लिम्बू भाषा उच्च शिक्षा बोर्डमा यसको सम्बन्धनको लागी प्रक्रिया अघि बडिरहेको शिक्षक अभिभावक संघका अध्यक्ष सागर केरुङ्ले बताएका छन् । उनले भने, पठन पाठन नै शुरू गरेपछि भाषा संरक्षणसंगै त्यही समुदायकाे बालबालिकालाइ अध्ययनका लागि सहज हुने बताएका छन् ।
तस्वीर साइनाे खबर ।

Comments

comments

SHARE