-नाम्सादिम संवाददाता
असाेज ११, काठमाडैं / तामाङ डाजाङकाे अध्यक्षमा फूलकुमार बम्जन तामाङ २० मत ल्याएर बिजयी भएकाे छ । डाजाङकाे १० अाैं अधिवेशनमा नेत्र तामाङ र बम्जन बीच प्रतिष्पर्धा भएकाे थियाे । नेत्र तामाङले ७ भाेट ल्याएका थिए, भने बम्जनले २० भाेट ल्याएका थिए । कार्यसमितकाे उपाध्यक्ष, काेषाध्यक्ष, सचिव लगायत सदस्यहरू भने सर्वसहमतिमा चयन भएकाे छ ।

डाजाङले गत भदाैं २८ गते नेपाल तामाङ घेदुङकाे हलमा गरेकाे अधिवेशन स्थगित गरेकाे थियाे । अधिवेशन सहमतिमा अघि कार्य समिति चयन गर्न गाह्राे भएपछि असाेज ११ गतेकाे लागि मिति तय गरेकाे थियाे ।

अधिवेशनले उपाध्यक्षमा मनिकलाल घिसिङ, सचिवमा निकिता तामाङ, काेषाध्यक्ष फूलमाया तामाङ (प्रयत्ना), सह-सचिवमा सम्देन दाेङ तामाङ निरबिराेध निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा इश्वर थाेकर तामाङ, मानकाजी तामाङ, स्वयंवर सिंह तामाङ,दम्चे दाेर्जे लामा, तेजबहादुर तामाङ,शान्ति तामाङ, कविराज तामाङ,रचना माेक्तान तामाङ, हिरामाया घिसिङ, हिरामाया घिसिङ (कुसुम), वाङछु पासाङ तामाङ लगायत रहेका छन् । अधिवेशन नेपाल तामाङ घेदुङकाे हलमा शुक्रबार असाेज ११ गते विहान सम्पन्न गरेकाे हाे । तामाङ डाजाङले तामाङ साहित्य क्षेत्रमा काम गर्दै अाइरहेका छन् । साथै डाजाङबाट नै मासिक म्यागजिन पत्रिका समेत प्रकाशन गर्दै अाएका छन् ।

Comments

comments

SHARE