-नाम्सादिम संवाददाता
गीत संगीत दुःखमा होस् या सुःखमा मानिसले शाहराको रुपमा लिने गरिन्छ । त्यसैले त हामी चाहे दुःख भुलाउन होस् । चाहे सुःखको अनुभुति लिन होस् गीत संगीत नै सुनिरहेका हुन्छौं । अनि जीवनमा अनेक दुःख पीडालाई भुल्ने गछौं । त्यति मात्र होइन । गीत संगीतले देशमा आमुल परिवर्तन गर्न र गराउँन पनि उत्तिकै भुमिका खेलिरहेको हुन्छ ।

गीत संगीतले आफ्नो मौलिकता बोकेको हुन्छ । परम्परा, संस्कार संस्कृति बोकेको हुन्छ । सदियौं युगदेखि हाम्रो म्हेम्हे ममहरुले संरक्षण गर्दै आएका डम्फु र टुङ्नाको धुन हुन्छ । त्यही धुनभित्र हाम्रो इतिहास लुकेको हुन्छ । त्यसैले त हामी डम्फु र टुङ्ना बजाउँदै कम्मर मर्काउछौं । लयबद्ध तरिकाले गाउँछौं । मानव उत्पतिको गीतमा रमाउँछौं । म्हेम्हे ममहरु बनाई राखेको बाटो गन्तव्यसम्म पु¥याउन लागि रहन्छौं ।

हो त्यसैले हामीले बाटो भुलेका छैनौं । राज्यले जतिसुकै दमन गर्न खोजे पनि हाम्रो इतिहासलाई लुकाउन प्रयास गरे पनि हामी लम्किरहनेछौं । हाम्रो इतिहासलाई अमर बनाई राख्न गीतसंगीतको माध्यामबाट लागि रहनेछौं ।

यसैले त हाम्रो इतिहासको गीत गाउँन कलाकारहरु पछिपरेका छैनन् । र त हरेक तामाङ गीतसंगीतमा हाम्रो डम्फु, टुङ्ना, ढ्याङ्ग्रो, बुप्च्यल अनि काङ्लिङ बजाउँन छाडेका छैनन् । यसै शिलशिलामा गायक तथा संगीतकार विश्व दोङ तामाङ र गीतसंगीत क्षेत्रमा लामो समयदेखि गाउँदै आएकी गायिका जमुना योञ्जनले ‘घुम्दै फिर्दै’ तामाङ सेलो गीत बजारमा ल्याएका छन् ।

दाेङ एक दशक अघिदेखि संगीतिक क्षेत्रमा रमिरहेका छन् भने, गायिका दुइदशक अघिदेखि तामाङ गीत संगीत क्षेत्रमा लागिरहेका छन् । दुवैजनाले दर्जनाैं गीतमा स्वर दिइसकेका छन् । दाेङले दर्जनाैं गीतमा शब्द तथा संगीत पनि भरिसकेका छन् । उनीहरू कला क्षेत्रबाट नै अाफूलाइ चिनाइ रहेका छन् । अाफ्नाे समुदायकाे गीत गाइरहेका छन् । तामाङ समाजकाे विभिन्न पक्षलाइ लिएर गीतकाे माध्यामबाट सन्देश दिइरहेका छन् ।

यसै बीचमा काठमाडौंमा शुक्रबार एक कार्यक्रमका बीच ‘घुम्दै फिर्दै’ गीतको भिडियो आइटिसिका वरिष्ठ उपाध्यक्ष टासी लामा प्रमुख अतिथि, वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङकाे विशेष अतिथि, कलाकार संघका अध्यक्ष संजिव वाइबा तामाङ लगायतले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

स्वर विश्व र जमुनाकाे रहेकाे यस भिडियाेमा अभिनय पनि दुवैले गरेका छन् । साथै भिडियाेमा मिना तामाङ र कृष्ण ब्लाेन तामाङले पनि अभिनय गरेका छन् । उक्त भिडियोलाई जिग्मे मिडियाको युट्युव च्यानलबाट सार्वजनिक गरेकाे छ । भिडियाे छांयाकन तथा सम्पादन सुर्य लामा,ड्राेन क्यामरा सुरेश घिसिङ, दिपेश प्रधानले गीतकाे मिक्सिङ, र माेडल अभि लामाले काेरियाेग्राफ गरेकाे थियाे ।

भिडियाे सार्वजनिक कार्यक्रममा तामाङ चलचित्रका नायक अमिर दाेङ तामाङ, अाइटिसिका सचिव रविन तामाङ, गायिका शशिकला माेक्तान, तामाङ समाज जापानका उपाध्यक्ष रूविना तामाङ, तामाङ घेदुङ साइप्रसका अध्यक्ष साङमाे थाेकर तामाङ, ह्याङला दाेलखा तामाङ समाजका अध्यक्ष सराेजमाेहन माेक्तान लगायतले उपस्थिति जनाएका थिए ।

Comments

comments

SHARE