–नाम्सादिम संवाददाता
तामाङ कलाकार संघका नव निर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई राजधानीमा बधाई तथा सम्मान गरेकाे छ । डम्फू मिडिया प्रा.लि.ले शुक्रबार बौद्धमा एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरेका हुन् । कलाकार संघकाे छैठौं अधिवेशन गत भदाैं २८ गते सम्पन्न भएकाे  थियाे ।

सम्मान हुनेहरुमा संघका नव निर्वाचित पदाधिकारीहरू वर्तमान अध्यक्ष संजिव वाइबा तामाङ, उपाध्यक्ष विश्व दोङ तामाङ, शशिकला मोक्तान तामाङ, मह–सचिव विशाल काल्तन तामाङ, कोषाध्यक्ष सुबास तामाङ, सचिव रोशन फ्युवा लगायत रहेका छन् ।

नव निर्वाचित कलाकारहरुलाई प्रमुख अतिथि युएइका तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ र कार्यक्रमका सभापति नायक अमिर दोङले खादा र सम्मान पत्र सहित सम्मान तथा बधाइ दिएका थिए ।

कार्यक्रममा नव गायिका मितेरी तामाङको सेलो गीत ‘मनले खाने च्याङबा’ म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् । उक्त भिडियोमा नायक अमिर दोङ तामाङ र नायिका सुष्म मोक्तान तामाङले अभिनय गरेका छन् ।भिडियोको निर्देशन नायक अमिर दोङ तामाङले गरेको छ भने छायांकन बिक्रम तामाङ र शब्द संगीत संजिव वाइबाको रहेको छ । कार्यक्रममा चलचित्रका नायक नायिकाहरु संगै चलचित्रकर्मीहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संचारकर्मी प्रितम तामाङले गरेका थिए ।

Comments

comments

SHARE