(कविता)

– ईश्वर थोकर

म तिमीलाई कति मनपराउँछु ?
कति माया गर्छु ?
त्यो त,
तिम्रै काखमा लुकामारी खेल्दा-खेल्दै हलक्क बढेको–
काकलिङ डाँडाको छ्योइफेल कुन्देलिङ गुम्बालाई थाहा छ
निन्जल खोलालाई थाहा छ
साङसोती डाँडालाई थाहा छ
आन्दरपुङलाई थाहा छ
जोरधारालाई थाहा छ
सिल्गु भञ्ज्याङको मानेलाई थाहा छ
शैलुङ डाँडाको मुटु छुने हिँउलाई थाहा छ
म तिमीलाई ढाँट्छु होला त ?
पत्यार नलागे, मरी जाऊँ !
००

Comments

comments

SHARE