-नाम्सादिम संवाददाता
काठमाडौं । अन्तर विद्यालय स्तरीय ‘नृत्य तथा राष्ट्रियता’ विषयक कविता वाचन प्रतियोगितामा होली एञ्जेल पब्लिक स्कुलका विद्यार्थी इच्छा गुरुङ प्रथम भएका छन् । यसैगरी नृत्यमा टाइमलाइन स्कूलका विद्यार्थी प्रशुन बडाल प्रथम भएका छन् । बिहीबार काठमाडौं, नयाँबस्तीस्थित टाइमलाइन स्कुलको सभाहलमा नृत्य निर्देशक संघ नेपाल काठमाडौंले आयोजन गरेका थिए । कविता वाचन प्रतियोगितामा ८ विद्यालयका १६ जना विद्यार्थीहरू सहभागी भएका थिए ।

प्रमुख अतिथि समेत रहेका हास्य कवि शैलेन्द्र सिंखडाले मानव सृष्टिसंगै नृत्य सुरु भएको बताए । उनले थपे, ‘नृत्यको भाषा विश्वले बुझ्न सक्छ ।’ कविता र नृत्यले नयाँ सृजनात्मक सिर्जना गरेको संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले बताएका थिए ।

भोला धरातलले कविता वाचन गर्दै यस्तो कार्यक्रमले यस क्षेत्रमा इट्टा थप्ने काम गरेको बताएका थिए । यसैगरी डा.बाजुराम पौडेल, रामप्रसाद बराल, भोला रिजालले साहित्य क्षेत्रको भविष्य फराकिलो रहेको बताएका थिए ।

प्रतियाेगितामा कवितातर्फ बालगीतान्जली स्कुलका प्रशान्त बुढाथोकी द्वितीय र गणेश हिमाल स्कुलका विद्यार्थी सदिक्षा खड्का तृतीय भएका थिए । यसैगरी नृत्यमा बाल गीतान्जलीकै विद्यार्थी गोकुल महत द्वितीय र गोकर्णेश्वर लाइटका कृष्ण दुलाल तृतीय भएका छन् ।

नृत्यतर्फ बाल बाटिका स्कुल, विश्व शिक्षा सदन, ग्रिनतारा स्कूल, होली एञ्जेल स्कुल, ब्राइट जोन एकेडेमी, गणेश हिमाल स्कुल, गोकर्णेश्वर लाइट एकेडेमी, बाल गीताञ्जली र टाइम लाइन स्कुलले भाग लिएका थिए । कविता वाचनतर्फ गोकर्णेश्वर लाइट एकेडेमी, टाइमलाइन, ग्रिनतारा चाइल्ड हेभन, बालबाटिका इंग्लीस स्कुल, गणेश हिमाल, बाल गीताञ्जली र होली एञ्जेल्स स्कुलले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा लक्ष्मी रुम्बा, बाजुराम पौडेल रगणेश खतिवडा रहेका थिए । ‘नृत्य हाम्रो अभिमान, कला र संस्कृतिका पहिचान’ भन्ने मुल नाराका साथ स्थापना भएकाे हाे । यस संस्थाले यस्तै खालकाे विभिन्न कार्यक्रमहरू अायाेजन गर्दै अघि बढ्ने संघका अध्यक्ष बुद्ध लामाले बताएका थिए ।

Comments

comments

SHARE