-नाम्सादिम संवाददाता
पाेखरा ३० । विनय दाेङ तामाङले निर्देशन गरेकाे “टुहुरोला ल्हुई” पाेखरामा प्रदर्शन गरेकाे छ ।  नेपाल तामाङ घेदुङ पोखरा महानगर समितीको आयोजनामा तामाङ चलचित्र प्रदर्शन गरेकाे हाे ।

तामाङ कथानक चलचित्र “टुहुरोला ल्हुई” पोखराको विन्दबासिनी हलमा प्रदर्शन गरेका थिए । पोखरामा रहेका तामाङ दर्शकहरुले उत्साहजन रूपमा उपस्थिति जनाएका थिए ।

चलचित्र प्रदर्शनी शुरु हुनुभन्दा अगाडि “टुहुरोला ल्हुई” टिमलाई घेदुङले स्वागत समेत गरेका थिए ।  नेपाल तामाङ घेदुङ पुर्ब केन्द्रिय कार्यबाहक अध्यक्ष कुम बहादुर योन्जनको प्रमुख आतिथ्यमा उक्त चलचित्र प्रदर्शन गरेका थिए ।

नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको अध्यक्ष टेक बहादुर तामाङले तामाङ भाषा, कला सांस्कृती धर्म जोगाउन चलचित्रले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । चलचित्र प्रदर्शन शनिबार विहान गरेका थिए ।

Comments

comments

SHARE