-नाम्सादिम संवाददाता
तेमाल–गुरु ह्रेम्पोछे(पद्यसम्भव)को तपोभूमि तेमाल टेक्न दक्षिण एसिया सहित थुप्रै मुलुकका भिक्षुभिक्षुणीदेखी सर्वसाधारणसम्म आउँछन्,एक प्रकारले शान्ति अनुभुत गर्छन्,गुरु ह्रेन्पाेक्षेको आशिर्वादको कामना गर्दछन् ।

आईतबार गा.पा केन्द्र नारायणस्थानमा बालदिवस मनाउन भेला भएका बालबालिकालाई यो कुरा स्मरण गराउदै गा.पा अध्यक्ष सलाम सिं तामाङ हौसला दिनुभएकाे थियाे ।

दिवसको अवसरमा गाउँपालिका स्तरमा एसईई २०७५ तथा कक्षा ८ को वार्षिक परीक्षमा उत्कृष्ठ नतिजा हासील गरेका छात्र/छात्राहरुलाई सम्मान तथा पुरस्कृत गर्दै तामाङले भन्नुभयो–“गुरु ह्रेन्पाेक्षेको यो पवित्र भुमिमा जन्मिन पाउनु पहिलो अहोभाग्य हो,यसले हामीलाई मिहेनत गर्न उर्जा मिलेको छ,विद्यार्थी भाईबहिनीहरुमा गुरु ह्रेम्पोछेको आशिर्वाद लागोस्” ।

कर्म अघिको सकारात्मक साधना र चिन्तनले मात्रै सहि प्रतिफल दिने बताउँदै तामाङले तेमाललाई चिनाउन असल विद्यार्थीको महत्वपूर्ण भुमिका हुने धारणा राख्नुभयो । पछि पछुताउनु भन्दा अघिनै चिन्तन गरे सफल हुने उहाँको तात्पर्य थियो ।

पढाई लेखाई जस्ता हरेक सतकर्ममा आत्मविश्वासका साथ लाग्न आग्रह गर्दै तामाङले भन्नुभयो–“विद्यार्थी,शिक्षक,विद्यालय र अभिभावक समेतलाई हामीले सम्मान गरेका छौं,राम्रोकै लागि गरेपछि नडराईकन निर्धक्क शीर ठाडो बनाउन जरुरी छ, बालबालिकाहरु अझै खुल्नुपर्यो,पुरस्कर पाएपछि पो बलियोसँग बाँध्ने हो, साँध्ने होनी, बोल्दा त हात माथि गर्नुपर्यो,त्यसबाट पनि समर्पणभाव ससम्मान झल्किन्छ ।”

गा.पा अध्यक्ष तामाङले बालबालिकाको भविष्यप्रतिको लगानी अझ बढाउन जरुरी रहेको बताउनुभएकाे थियाे । स्वदेशमै रोजगारी पाउने शिक्षामा लगानी गर्ने गरी पालिकाले गत वर्षभन्दा यो वर्ष बढि बजेट छुट्टाउँदै आकर्षक योजना बनाएको जानकारी दिदै उहाँले आजको युग सुहाउँदो पठनपाठन आवश्यक रहेको बताउनुभयो ।

सक्षम,दक्ष तथा भविष्यको कर्णधार बन्न सर्वप्रथम बाल बालअधिकारको विषय कार्यन्वयनमा जानुपर्ने उहाँको तर्क छ । यसमा सबै तहतप्का संवेदशील हुन जरुरी रहेको उल्लेख गर्दै उहाँले आफ्ना गाउँपालिकाभित्रका सबै बालबालिकाहरुले बालअधिकारको प्रत्याभुति पाउने खालका कार्यक्रमहरु अघि बढाएको जानकारी दिनुभयो । उहाँले कुनै पनि बालबालिकाले शिक्षा पाउनु नैसर्गिक अधिकार भएकोमा जोड दिनुभयो ।

को को भए पुरस्कृत,कुन विद्यालय उत्कृष्ठ 
तेमाल गाउँपालिका स्तरमा २०७५ सालको एसईई परिक्षामा वडा नंम्बर ९ मा रहेको कुशेश्वर माविका ज्ञानबहादुर रायमाझीले ३.४५ जीपीए ल्याए । उनलाइ प्रथम पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरेका छन् ।

दोस्रोमा पनि कुशेश्वर माविकै रंगिना लामाको नतिजा छ । साथै जनज्योति माविका सुनिता थपलियालाई पनि पुरस्कृत गरिएको छ । तेस्रो भएका भूमे माविका सज्जन तामाङ, सर्वोद्धर माविका सुरज तामाङ, नारायणस्थान माविका अञ्जली तामाङ,चौथो भएका सस्र्यूंखर्कस्थित जनचेतना माविका निश्चल तामाङ, राधाकृष्ण माविका रामशरण मैनाली पुरस्कृत तथा सम्मानित गरेका छन् ।

पाँचौंमा जनज्योति माविका सुशिला लामा र जनचेतना माविका संगम तामाङ र छैठौं भएका जनज्योति माविका रमेश मैनाली र नारायणस्थान माविका सृजना श्रेष्ठ पनि गाउँपालिकाद्धारा सम्मानित गरेकाे हाे ।  उत्कृष्ठ विद्यालय २०७५ मा कुशेश्वर मावि रहेको छ । यस विद्यालयबाट एसईई परीक्षा दिएका छात्र/छात्रा तेमालकै पहिलो र दोस्रो भएका थिए ।

Comments

comments

SHARE