-राजाराम गाैतम
भदाैं २९ काठमाडाैं । मिस गुरुङ इन्टरनेशनल सिजन ३ को उपाधि तनहुँ की बिनु गुरुङले हात पारेकी छन् । काठमाण्डौंको कमलादी स्थित प्रज्ञाभवनमा देशभरिबाट छानिएका १५ प्रतिस्पर्धी बीच सम्पन्न भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो सस्करणको उपाधि बिनुले जित्न सफल भएकी हुन् ।

फाइनलमा १४ प्रतिस्पर्धीलाई पछाडी पार्दै बिनुले उपाधि जितेकी हुन् । त्यस्तै फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पारिन् भने सेकेन्ड अन्जु गुरुङ भइन् । मल्टिमिडीयाको उपाधि मेरिजन गुरुङले हात पार्दा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले हात पारिन ।

विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार हात पारिन् । साथै सम्पूर्ण बिजेता हरूले बिभिन्न आकर्षक पुरस्कार हरू प्राप्त गरेका छन् । इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढि गुरुङ प्रतिस्प्रर्धिरुले छनोट चरणमा सहभागिता जनाएका थिए ।

मिस गुरुङ इन्टरनेशनलको आयोजक मृगतृष्णा फेसन एण्ड प्रोडक्सन रहेको थियो भने व्यवस्थापन बि एण्ड बी इभेन्ट मेनियाले गरेको थियो ।

Comments

comments

SHARE