-नाम्सादिम संवाददाता

काठमाडौं । गाेल्चे संचार मिडियाले बृहत सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने भएकाे छ । मिडियाले यहि शुक्रबार १३ गते गाेकर्ण पार्क भित्र कार्यक्रम गर्न सबै तयारी पूरा भइसकेकाे गाेल्चे मिडियाका अध्यक्ष प्रितम कुमार तामाङले जनाएकाे छ ।कार्यक्रममा मिडियालाई सहयाेगष गर्नेहरूलाईपनि सम्मान गरिने छ ।

सांस्कृतिक कार्यक्रम पुर्व कानून मन्त्री तथा संघिय सांसद शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा हुने भएकाे छ ।  साँस्कृतिक कार्यक्रममा गायक प्रेम लोप्चन, गायिका ईन्दिरा गोले, गायक सन्जिब वाईबा, विश्व दोङ, विशाल काल्तान, शशिकला मोक्तान, जोगलाल लामा, जीवन बोम्जन, जितु लोप्चन, लोकेन लामा, प्रकाश तामाङ, योगेश लामा, रेश्मा बोम्जन, सुनिता लुङ्बा, आस्मान लोप्चन, रोस्ना लुङ्बा, वर्षा थिङ, पुसन लामा र अनुस्का दोङकाे प्रस्तुति रहने जनाएकाे छ ।
मिडियाले स्थापना काल देखि हालसम्मको अवधिमा मिडियालाई सहयोग गर्ने ३ जना बिशेष व्यक्तिहरुलाई समेत सम्मान गर्ने तामाङले जनाएकाे छ । कार्यक्रममा सिन्धुपाल्चोक लिस्तिका दृष्टिबिहिन टुङना बाधक वीर बहादुर बिकको समेत प्रस्तुती रहने  जनाएकाे छ । उक्त कार्यक्रममा बिकलाई मिडियाको पहलमा स्पिकर १ थान समेत सहयोग गर्ने भएकाे छ ।

Comments

comments

SHARE