-नाम्सादिम संवाददाता 
भदाै २, काठमाडाैं । राैतहटकाे गैंडाटारमा १३२ फिट अग्लाे बाैद्ध स्तूपा निर्माण कार्य भइरहेकाे छ । निर्माणाधिन बाैद्ध स्तूपाका लागि काठमाडाैं निवासी श्री ज्ञानरत्न शाक्यले रू. ५ लाख रूपैयँ सहयाेग गरेका छन् ।

सहयाेगी श्री ज्ञानरत्न शाक्य ।

शाक्यले उक्त रकम स्तूपा निर्माण समितिका संयाेजक ज्ञानु लामा लगायतकाे टिमलाई हस्तान्तरण गरेकाे हाे । शाक्यले  स्तूपा निर्माणका लागि रकम सहयाेग गर्ने अवसर मिलाएकाेमा मागी गुम्बा संस्थाप्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै निर्माणाधिन स्तूपा समयमा नै सहज तरिकाले सम्पन्न गर्नका लागि शुभकामना समेत दिएका छन् ।

पाँच वर्षे याेजना रहेकाे निर्माणाधिन बाैद्ध स्तूता १० बिघा ६.६० हेक्टर बन्ने स्तूपाले ओगट्ने क्षेत्रफल भने २.३३ हेक्टर हुने संयाेजक ज्ञानु लामा तामाङले नाम्सािदमलाई जानकारी  दिनुभएकाे छ । निर्माणका लागि कुल लागत खर्च भने ५ अर्ब रहेकाे समितिले जनाएकाे छ ।

Comments

comments

SHARE