-नाम्सादिम संवाददाता
साउन ३२ काठमाडाैं/ नृत्य निर्देशक संघ प्रदेश ३ का नव निर्वाचित अध्यक्ष बुद्ध लामा तामाङले पेशागत हक हितका लागि काम गर्ने बताएकाे छ । लामाे समयदेखि तामाङ, नेपाली, सेलाे लगायत विभिन्न गीतकाे म्युजिक भिडियाेहरूमा नृत्य निर्देशन गर्दै आएका तामाङले अध्यक्षमा निर्वाचित भएसंगै यस्ताे भनाई राखेका हुन् ।

तामाङले प्रदेश नं. ३ मा रहेका नृत्य निर्देशक र नृत्य गर्दै आएकाहरूलाई ब्यबस्तथत तरिकाले अगाडि बढाउने समेत बताएका थिए । तामाङले भने ‘अब प्रदेश नं. ३ मा पेशासंग सम्बन्धित रहेका व्यक्तिहरूकाे डाटा समेत निकाल्ने छ ।’

प्रथम अधिबेसनमा सस्थाका निबर्तमान अध्यक्ष दात्रीणा लामाको अध्यक्षता र नृत्य निर्देशक संघ केन्द्रिय समितिका अध्यक्ष भुवन दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न गरेकाे थियाे । उक्त कार्यक्रममा केन्द्रिय महा-सचिब निरिपध्वज खत्री,सह- कोषाध्यक्ष केशब कोईरलाको उपस्थितीमा प्रथम अधिबेसन गरेका थिए ।

प्रथम अधिबेशनबाट निर्बाचित हुने पदाधिकारीहरुमा उपाध्यक्षहरुमा महेश थापा र अर्जुन लामा,सचिब – देवराज गुरुङ,सह सचिब–बिमला राई,कोषाध्यक्ष–सर्मिला तामाङ,सह-कोषाध्यक्ष -छिरिङ लामा मनोनित भएका छन्। सदस्यहरूमा भने अनिल भुजेल ,लक्ष्मी पुरी,सरस्वती पोखरेल,नीर फुयाल,सहदि पन्त र सौरभ प्रधान निर्बाचित भएका छन।

Comments

comments

SHARE