तिम्रै यादमा आँशु झार्दा छेउमै आई गिज्याउँछे !!
राती-राती जूनले पनि झ्यालमै आई जिस्काउँछे !!

क्षितिज पारी पुगेको त्यो घामसँगै डुब्न खोज्छु !
रूमानी त्यै भावसँगै केशराशी फिजाउँछे !!!!!!

के भएछ प्रिय तिम्रो तस्वीरलाई पनि अचेल !!!
अमिलो क्यै देख्नै हुन्न मुख कस्तो मिठ्याउँछे !

सपनीमा धीत मर्ने गरी मेरै काखमा खेली !
विपनीमा बाटैभरि फूलै-फूल बिछ्याउँछे !!

यात्रा भन्छन् जिन्दगानी पिरतीको गाउँ जाने !
थाहा छैन आशै आशमा कैलेसम्म हिडाउँछे !!
-गाेले केआर चालिसेलि 
सानधारा

Comments

comments

SHARE