नाम्सादिम संवाददाता
साउन ९ काठमाडाैं । माओबादी जनयुद्धका चर्चित क्रान्तिकारी योद्धा एवं लोकप्रिय जनवादी कलाकार तथा जनयुद्धका जिउँदो सहिदका रुपमा चिनिने माइला लामा तामाङलाई पुर्पक्षाका लागि जेल चलान गरेका छन् । तामाङलाई जेल चलान गरेसंगै चौतर्फी रुपमा बिरोध शुरु गरेको छ । विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इचार्ज समेत रहेका तामाङलाई गिरफ्तारी प्रति सर्वत्र निन्दा गरेता पनि तामाङलाई नख्खु कारागारमा चलान गरेकाे हाे ।

तत्कालीन राज्य सत्ता पल्टाउने योजनासहित माओवादी जनयुद्धमा होमिएका तामाङ युद्धकै क्रममा एउटा आँखा र एउटा कान गुमाउनु परेको थियो । त्यसपछि तामाङको हातका केही औला नचल्ने भएको छ । संसार हेर्नुपर्ने तामाङको आँखा सय मिटर भन्दा टाढा राम्रोसंग देख्दैन । अरुलाई उज्यालो दिन सधैं सक्रिया रहेका तामाङ आफू अध्यारोमा बसेर भए पनि अरुलाई उज्यालोमा पु¥याउन सधैं लागि रहे ।

जनयुद्धमा बमको छर्राले लाग्दा पनि तामाङले आफ्नो सिर्जन शक्ति भने कहिल्यै कम्जोर बनाएन । तामाङ जनयुसंग–संगै जनवादी गीत लेख्न, संगीत भर्न र गीत गाएर जनयुद्धलाई सफल बनाउँन महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए । तामाङले सयभन्दा बढी गीतमा संगीत भर्नुका साथै शब्द सिर्जन गरेका छन् ।

तामाङलाई मध्येराति प्रहरीले गिरफ्तार गरेसंगै फेसबुक संजालमा तामाङको पक्षमा धेरै जसोले निशर्त रिह गर्न समेत माग गरेका छन् । यसैगरी तामाङका जिवनसाथी मनु तामाङले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सम्बोधन गर्दै भावउत्तेजक स्टाटस फेसामा राखेकी छन् । मनु तामाङले मंगलबार राति दुइ लाइन स्टाटस लेखेकी थिइन्,‘बादल दाइ ! यदि हजुरको भन्दापछि मेरो लास परेँ भने म पक्कै पुष्प गुछ्छा लिएर आउनेछु । हजुरको कार्यकाल अझ सफल होस् ।’

जनयुद्धमा बमको छर्राले लाग्दा पनि उनको सिर्जना शक्ति भने कहिल्यै कमजोर नभएकाे तामाङले बताउनु भयाे । उनले युद्धजति लडे त्यो भन्दा बढी जनवादी गीत संगीतको माध्ययमबाट जनयुद्धलाई सफल बनाउने भूमिका निर्वाह गरेका थिए । प्रचण्ड नेतृत्वको माओवादी विघटन भएसँगै धेरैवटा माओवादी बनेका थिए । प्रचण्डबाट मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीमा पुगेका लामा किरणबाट नेत्रविक्रम चन्द ‘विप्लव’ अलग भएपछि विप्लव नेतृत्वको माओवादीमा पुगे । विद्यार्थी जीवनबाटै गीत संगीतमा रुची राख्ने लामाले जनयुद्धको क्रममा सयौँ जनवादी गीत सिर्जना गरिसकेका छन् । अझै पनि लामा जनवादी गीत संगीतमा रमिरहेका छन् । लागिरहेका पनि ।
माइला लामा तामाङसंग जनवादी गीत संगीतकोबारेमा प्रहरीले गिरफ्तार अघि गरेको कुराकानी:

संगीतिक क्षेत्रमा कसरी लाग्नुभयो ?
म स्कुल पढ्दा नै कविता लेख्न, नाच्न र गीत गाउँन सिपालु थिएँ । नाटक खेल्ने रुची थियो । बुबा–आमा गीत संगीतमा रुची राख्ने भएकाले म पनि गीत संगीतप्रति बाल्यकालदेखि नै नजिक थिएँ । उच्च शिक्षाका लागि क्याम्पसमा भर्ना भएपछि विद्यार्थी संगठनमा आवद्ध भएँ । त्यहाँ गीत संगीत र सांस्कृतिक कार्यक्रमको नेतृत्व लिनु पथ्र्यो । सुरुका दिनमा खुशीराम पाख्रित, जीवन शर्मा, रायन र रामेशका गीतबाट प्रभावित भएँ । जनवादी गायकका गीतको प्रभावकै कारण म जनवादी गीत संगीतमा सक्रिय भएँ ।

पहिलो स्टेज प्रस्तुति कहाँ हाे  ?

स्कुल पढ्दै दर्जनौ मञ्चमा चढेँ । कहिले गीत गाएँ, कहिले नाटक खेलेँ, कहिले कविता पढेँ । पहिलो पटक स्टेज चढेको समय बिर्सिएँ ।सरस्वती क्याम्पसमा भर्ना भएपछि खुशीराम पाख्रिनको ‘नेपाल आमाका सन्तान हाेअाैं हामी’ गीत पहिलो पटक गाएँ । शिव श्रेष्ठसँगै क्याम्पसमा पहिलो पटक स्टेजमा गाएको याद छ । क्याम्पस पढ्दा विद्यार्थी संगठनमा सांस्कृतिक विभागको जिम्मेवारी लिएर काम गर्न पाएँ । जहाँ-जहाँ गएँ त्यहा मेरो मुख्य भूमिका सांस्कृतिक क्षेत्रबाट पार्टीको योजना कार्यान्वय गर्ने हुन्थ्यो । २०४७ सालमा काठमाडौँमा हामीले चेतना परिवार भनेर सांस्कृतिक समूह बनाएका थियौँ । सामना परिवारमा धेरै काम गरेँ । २०५२ सालमा जनयुद्ध सुरु नहुँदासम्म मैले पार्टी संगठन भन्दा पनि सांस्कृतिक कार्यक्रममा सक्रियता देखाएँ । जनयुुद्धको समयमा संगठकको जिम्मेवारीसँगै संस्कृति क्षेत्रको जिम्मेवारी समेत मैले नै पाउथेँ ।

जनयुद्धमा संगीतको महत्व ?

हामी बन्दुकको साथमा जाँदा गाउँका मान्छे हामीसँग डराउथे । गाउँलेहरु बन्दुक बोकेको देख्नासाथ त्रसित हुन्थे । खान दिए पनि बास नबसिदिए हुन्थ्यो भन्ने सोच्थे । जब गीतार झिकेर गाउँमा गीत गाउन थाल्थ्यौँ तब प्रफुल्ल भावका साथ गीत संगीतमा रमाएका गाउँले मेरोमा पनि आउनुहोस्, बस्नुहोस् । एक छाक खाइदिनुहोस् भन्थे । संगीतले प्रभावित भएर आउनेसँग हामी राजनीतिका कुरा गर्थ्यौं । लडाईंका कुरा गर्थ्यौँ । मैले यही सन्दर्भलाई जोडेर एउटा संस्मरण समेत लेखेको छु, ‘संगीन भन्दा संगीत बलियो भएको क्षण’ खासगरी नजयुद्ध सुरु भएसँगै ५३, ५४ सालतिर हामी धेरै सांगीतिक कार्यक्रम गर्थ्यौँ । हामीलाई जनसमर्थन पनि व्यापक थियो । जनयुद्धको सुरुवातमा बन्दुक भन्दा संगीत नै ठूलो थियो । आफ्नो रक्षाका लागि बन्दुक आवश्यक पथ्र्यो । तर, जनताको मन जित्ने हिसाबमा जनयुद्धमा संगीतको अति नै ठूलो महत्व रहेको महसुस मैले गरेको छु ।

कयौँ गीत जनयुद्धको सुरुवाती दिनका हरायाे । छापामार हुँदा कति दुस्मनले लुटेर लगे । कति गीत ‘सेल्टर’बाटै हराए । २०५४ सालबाट गीतलाई अलि व्यवस्थित गरेँ । जनयुद्धमा घाइते भएपछि लेख्न नसक्ने भएँ । मैले भनेर विष्णु चौलागाईले गीत लेखिदिनुहुन्थ्यो । उहाँ पछि सहिद हुनुभयो ।

संगीतिक क्षेत्रमा आफूलाई कसरी चिनाउनु हुन्छ ?

म आफूलाई संगीतकारको रुपमा चिनाउन चाहन्छु । मदन परिवारसँग मैले संगीत सिकेको छु । थोरै समय सिके पनि संगीतमा लामो अभ्यास गरेको छु । शास्त्रीय संगीतको ज्ञान धेरै क्षेत्रबाट लिएँ तर गुरु मदन परियारलाई मान्छु । हारमुनियम र गीतारमा दख्खल राख्छु । किबोर्ड पनि चलाउछु । मादल बजाउछु । बाँसुरी सिकेँ तर बाँसुरीमा त्यत्रो दख्खलता छैन । प्रयोगमा आउने बाजा नै धेरै बजाएँ । जनयुद्धमा घाइते भएपछि गीतार बजाउन नसक्ने भएँ । अहिले गीतार बजान सक्दिन । मन हुँदा-हुँदै पनि जनयुद्धका कारण हातका अाैंलाहरू गुमाएँ र बजाउन सक्दिन ।

तपाईंकाे जनवादी सिर्जना ?

जनयुद्धमा घाइते भएपछि रचना गरेको गीत मलाई असाध्यै मन पर्छ । म घाइते भएपछि लेख्न नसक्ने भएँ । मैले भनेर विष्णु चौलागाईले गीत लेखिदिनुहुन्थ्यो । उहाँ पछि सहिद हुनुभयो । विष्णुले लेखेको गीत अहिले सम्झन्छु ।
‘खोज्दछन् यी मेरा आँखाहरु ति साथीहरुलाई
जसको रगतले रंगियो धर्ती ति महान यात्रीलाई’
म अत्यन्त पीडामा भएका बेला मेरा आँखा र कानले काम नगरे पनि गीत गुनगुनाउथेँ । साथीहरुले लेखिदिनुहुन्थ्यो । घाइते भएकै समयमा ‘आकाशबाट बम वर्षाओ, जमिनबाट तोप पड्काओ’ बोलको गीत लेखेँ । २१ औँ शताब्दीको जनयुद्ध र प्रचण्डले व्याख्याका आधारमा पनि गीत लेखेँ । थुप्रै गीतहरु पार्टीको आन्तरिक जीवन सँग जोडेर र जनताको अवस्थासँग जोडेर लेखेको छु ।

मन परेकाे आफ्नै गीत कुन कुन हाे ?
‘शरीर मेरो घाइते छ तर विचार घाइते छैन
छाती भित्रको आस्था निभाएर निभ्ने छैन ।’
केही गीत आफ्नै पीडामा भावपरक भएर लेखेको छु । पीडामा परेर अपाङग भएर पनि उ क्रान्ति र आन्दोलनमा लडिरहन्छ भन्ने प्रतिवद्धता भएका गीतहरु लेखेको छु ।
‘आँधीको बेगसँगै योद्धाहरु चट्याङ गर्जे झै सेनाहरु,
राता झण्डा फरफराउदै तोप गोला बर्साउदै,
गोल बर्साउदै अघि बढ्दैछन् यी राता मान्छेहरु ।’
जनयुद्धमा मलाई अति मन परेका थुप्रै गीत छन् । तर, अहिले सबै गीत याद छैन । पछिल्ला दिनमा म विप्लव कमरेडका गीतमा संगीत भरिरहेको छु । विप्लव राम्रा जनवादी गीत लेख्नुहुन्छ ।
‘हामी माओवादी बिग्रिएका छैनौँ, भत्किएका छैनौँ
ए बाबा ए आमा हामी माओवादी‘’ भन्ने गीत विप्लव कमरेडकै हो । अन्तरामा उहाँले लेख्नु भएको मलाई अति मन परेको
‘परिआए डाँडाकाँडा चढी आउला फेरी,
उर्लिएका नदी नाला तरि आउला फेरी,
‘ए बाबा ए आमा माओवादी बिग्रिएका छैनन्, भत्किएका छैनन् ।’
पछिल्लो पटक माओवादीमा विचलन आउदै गएपछि एउटा गीत लेखेको थिएँ ।
‘नयाँ नेपाल बनाउने भनियो चालामाला पुरानै देखियो,
कांग्रेस आयो आफैँ खायो आफै लायो गयो,
हेर्दा हेर्दै एमाले नै उस्तै उस्तै भयो,
माओवादीले गर्ला कि भनेको जनतालाई निराशा नै पार्यो ।’
गीतमा जनता र माओवादीको दोहोरिलाई समेटेको छु । नेताका दलाल र भ्रष्ट चरित्रलाई पछिल्ला गीतमा उर्ताने प्रयास गरेको छु । नेता नेपाली जनता र नेपालप्रति इमान्दार छैनन् भन्ने परिवेशमा सिर्जना गरेको एउटा गीतको भिडियो समेत बनाएको छु । त्यो युट्युबमा हेर्न सकिन्छ । माओवादीमा आएको परिवर्तन सँगै पछिल्ला दिनमा दलालहरु होसियार, भ्रष्टहरु खबरदार भन्ने एउटा गीत सार्वजनिक गरेको छु ।
अन्तरा..
जताततै अत्याचारको बाढी चल्छ जब,
चुप चाप तिम्रो शासन सहिदैन अब,
चिहानबाट बिउँझिएर मुर्दा पनि जाग्छन्,
वीरहरुले अब फेरी अर्को क्रान्ति हाँक्छन् ।’
जनसंगीतमा युवा आकर्षण किन छैन ?
सयौँ युवा जनसंगीतमा सक्रिय छन् । सयौँसँग सहयात्रा गरेको छु । त्यसमध्येका सयौँ भाइबहिनीहरु अहिले व्यवसायिक रुपमा काम गरिराखेका छन् । मैले जनसंगीत सिकाएका भाइबहिनी हामीसँग कम छन् तर व्यवसायिक रुपमा संगीत उद्योगमै सक्रिय छन् । माओवादी पार्टी नै विघटनपछि कलाकार पनि तितरवितर भएका छन् । ‘किरण’ कमरेडसँगै हुँदा हामीसँग डेढ सय कलाकार थिए । विप्लव नेतृत्वमा नयाँ पार्टी बनेपछि तीन दर्जन जति कलाकार म सँगै छन् । कतिपय नयाँ छन् । कतिपय पुराना छन् । स्वः योगिता मोक्तान, निर्मला घिसिङ, शारदा लिम्बू, भिषण विक, सुजन थापा जस्ता कलाकार माओवादी जनयुद्धले जन्माएका कलाकार हुन् । अहिले उनीहरु सबै कला वेचेरै जीवन यापन गरिरहेका छन् । हामीले माओवादी आन्दोलनभित्रैबाट विशिष्ट प्रतिभालाई पनि जन्माएका छौँ ।

कहिलेकाही कानको निर्णायक भूमिका नहुँदा म अपाङ्ग रहेछु । घाइते रहेछु भन्ने लाग्छ । त्यो बेलामा गीत संगीतले सान्तवना दिन्छ । उर्जा दिन्छ । आत्मविश्वास दिन्छ र अगाडि बढ्न प्रेरित गर्छ । गीत संगीतले जीवन जिउन र जनताको लागि दुःखमा बाच्न सिकाएको छ ।

संगीतले तपाईलाई के दियो ?
संगीतसँगै मैले क्रान्ती र जनताको सेवा गर्न सिकेको छु । आफैँमा कला साहित्यको क्षेत्रमा लाग्ने मान्छे अलि बढी भावुक हुन्छन् । कहिलेकाही आँखाले राम्रो काम नगर्दा साच्चै पीडाको महसुस हुन्छ । हातको काम आइपर्दा पनि पीडा हुन्छ । जब गीतार समाउछु त्यो बेलामा गहिरो दुःखाइको अनुभूति हुन्छ । कहिलेकाही कानको सक्रिय र निर्णायक भूमिका नहुँदा म अपाङ्ग रहेछु, घाइते रहेछु भन्ने लाग्छ । त्यो बेलामा गीत संगीतले सान्तवना दिन्छ, उर्जा दिन्छ, आत्मविश्वास दिन्छ र अगाडि बढ्न प्रेरित गर्छ । गीत संगीतले जीवन जिउन र जनताको लागि दुःखमा बाच्न सिकाएको छ ।

गीत संगीतलाई अहिले कति समय दिनुहुन्छ ?

कलाकार भाइबहिनीलाई गीत संगीत सिकाउछु । नयाँ गीत आए संगीतबद्ध गर्छु । नयाँ विषयवस्तु आएमा आफैँ सिर्जना गर्छु । खास विषयवस्तुले छोएपछि सिर्जना गर्छु । जनयुद्धमा मलाई छोएका विषयमा गीत लेखेकै कारण मैले लेखेका गीत पार्टी पंक्तिमा लोकप्रिय छन् । जनयुद्धको सुरुवात देखि नै म पार्टीलाई आवश्यकता परे अनुसारका गीत लेख्थेँ । ‘नयाँ संकल्प’, ‘मातृभूमि’, ‘मातृभूमि २’ मेरा एल्बम हुन् । कयौँ एल्बममा संगीत भरेको छु । संसदीय राजनीति हावीभएपछि जनवादी गीत संगीत पछाडि पर्छ । अहिले जनवादी गीत संगीतलाई संसदीय राजनीले खाएको छ । जसले माय, प्रेम, मनोरञ्जन र एकदम छाडापन नै गीत संगीत हो भन्ने एउटा बुझाइ रहेको छ । जसले हाम्रो समाजलाई विकृत गराएको छ ।

गीत संगीतमा योजना के के छन् ?

हाम्रो सांस्कृतिक अभियानलाई देशव्यापी बनाउने योजना छ । अहिलेको देशको परिस्थितिबारे जनतालाई प्रष्ट कुरा भन्ने र जनतालाई जागृत गर्ने योजना छ । पछिल्ला दिनमा माओवादीप्रतिको अविश्वास चिर्न माओवादी कहाँ जादै छ ? माओवादीलाई तपाईंहरुले के गर्नुपर्छ भनेर जनचेतना गाउँ-गाउँमा पुर्याउने योजना छ । सँगै अब जनवादी गीतलाई भिडियोमा उतार्ने समेत योजना छन् । केही गीतको सुटिङ भइसकेको छ । आफ्ना निजी योजना छैनन् । पार्टीकै योजनामा नै म लागिपर्छु । मेरो योजना नै पार्टी्भित्र समावेश गरेर अघि बढ्छु ।

जनवादी गीत संगीतलाई माथि उठाउन के गर्नुपर्ला ?
राष्ट्र र जनताको बीचमा गाउने र बजाउनेको सम्मान राज्यले नै गर्नुपर्छ । जनताले मात्र माया गरेर जनवादी गीत संगीत संरक्षण हुन सक्दैन । जनवादी क्रान्ति सफल नभएसम्म जनवादी गीत संगीतलाई माथि उठाउन सकिदैन । गीत संगीतको विकासमा समेत राजनीतिक व्यवस्थाको प्रभाव ठूलो रहन्छ । जुन वर्गको सत्ता हुन्छ गीत संगीतमा पनि त्यही वर्ग हावी हुन्छ ।
राज्य जुन किसिमको छ त्यही किसिमको मिडिया नीति भएकै कारण जनवादी गीत संगीत माथि उठ्न सकेको छैन । राज्यसत्ता परिवर्तन भएमा मात्र जनवादी गीत संगीतको क्षेत्र पनि सुरक्षित र प्रोत्साहित भएर माथि उठ्छ । जनवादी क्रान्ति सम्पन्न नहुदासम्म जनवादी गीत संगीत सधैँ पछाडि नै पर्छ । अहिले जनताको पक्षमा लेख्ने स्रष्टा गुमनाम देखिन्छन् । राष्ट्रको हितमा लेख्ने स्रष्टा थुप्रै छन् तर अरुको गुणगान गाउनेको लेख रचना प्राथमिकतामा पर्छ । दलाली लेखक अगाडि छन् । स्वच्छ लेखक हराइरहेका छन् । गीत संगीतको प्रचारमा मिडिया पनि निष्पक्ष छैनन् । विदेशीको स्वार्थका पछि सबै दौडिरहेका छन् ।

राज्यले नै जनवादी गीत संगीतको क्षेत्रम लागेकालाई प्रोत्साहित गर्नुपर्छ । जनवादी गीत संगीतमा लाग्ने मान्छेलाई राज्यले कहिल्यै ‘प्रमोट’ नै गर्दैन । जनवादी गीत रेडियो नेपालले कहिले बजायो ? अरु मिडियामा पनि जनवादी गीत सुन्न पाइदैन । राज्य जुन किसिमको छ त्यही किसिमको मिडिया नीति भएकै कारण जनवादी गीत संगीत माथि उठ्न सकेन । जनवादी क्रान्ति सम्पन्न नहुदासम्म जनवादी गीत संगीत सधैँ पछाडि नै पर्छ ।

Comments

comments

SHARE