-कृतिका घलान 
रोशी–काभ्रेको रोशी गाउँपालिका–६ स्थित सिपाली चम्फागाउँमा गाउँपालिकाका साथै समाजसेवी व्यक्तित्व र स्थानियहरुको संयुक्त प्रयासमा निर्माण सपन्न भएको बुद्ध माने उद्घाटनको तयारी भएको छ ।

रोशी गाउँपालिकाको मुख्य सहयोग,केहि सामाजिक व्यक्तित्वहरु र स्थानियको आर्थिक सहयोगमा यो काम सम्पन्न भएको निर्माण समितिका अध्यक्ष मान बहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार यो ठाउँमा बुद्ध पार्क निर्माण गर्ने योजना अनुसार कम्पाउण्ड बाँध्ने,गेट बनाउने,माने बनाउने,बुद्ध मुर्ति राख्ने,मुर्तिमा रंग भर्ने लगायत पहिलो चरणको काम पुरा भएको छ ।

उहाँले भन्नुभयो–“यो आर्थिक वर्षभित्र सकिनुपर्ने सबै काम सकिएको छ,यहि असार २५ गते पूर्व सभासद तथा नेपाली काँग्रेसका नेता तिर्थ लामाको प्रमुख आतिथ्यता,गाउँपालिका प्रमुख डिबी लामा र नेकपा नेता मिम बहादुर लामा ‘ज्वाला’को विशेष आतिथ्यता र वडाध्यक्ष पदम लामाको आतिथ्यतामा उद्घाटन हुदैछ ।”

उद्घाटन समारोहमा बुद्ध माने तथा मुर्ति निर्माणमा सहयोग गर्ने संघसंस्था,समाजसेवी व्यक्तित्वलाई स्वागत सम्मान पनि गरिने अध्यक्ष लामाले जनाउनुभयो । साथै कार्यक्रमको अन्य आकर्षणको रुपमा लामाहरु–गणेश लामा, पाल्चेन लामा,कान्छानानी लामा,सानुमाईला लामा लगायतद्धारा बत्ती बाल्नुका साथै पुजा पाठ र प्रसाद वितरण गरिनेछ ।

थप सहयोगको अपिल
स्थानिय तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक आस्थाको केन्द्र यस बुद्ध पार्क एवम् बुद्ध मानेको फिनिसिङका लागि भने अझै केहि समय लाग्ने निर्माण समितिले बतायो ।

यसलाई गाउँकै साँस्कृतिक तथा धार्मिक केन्द्रको रुपमा विकास गर्न आवश्यकताको महसुस गरेका हुन् स्थानियले । तामाङ समुदायमा महत्वपूर्ण मानिएका विभिन्न पुर्णिमाहरु–कात्तिक पूर्णिमा,चैत पुर्णिमा,जनैपुर्णिमा(गोनेङ्ह्या)बखत पितृहरुको सम्झनामा आत्मशान्तिको कामना तथा शुभ होस् भनि बत्ति बाल्ने परम्परालाई डोहोर्याउन यस बुद्ध माने तथा हिगिको विशेष महत्व रहनेछ ।

गाउँपालिकाको सहयोगसँगै बुद्ध पार्कको अवधारणा पनि आएकोले यसले विस्तारै फराकिलो घेरा बनाउँदैछ,जसले यस भेगको नमुना केन्द्र बनाउन उर्जा मिलेको छ स्थानियलाई ।

यसमा यो पटक सहयोग गर्ने गाउँपालिका,समाजसेवी व्यक्तित्व र स्थानियप्रति धन्यवाद व्यक्त गर्दै समिति अध्यक्ष लामाले थप सहयोग जारी राख्न पनि अनुरोध गर्नुभएको छ ।

उहाँका अनुसार यस पटक गाउँपालिकाको ६ लाख सहयोग छ भने पूर्व सभासद एवम् नेपाली कांग्रेस नेता तिर्थ लामा लगायतका सामाजिक व्यक्तित्वहरुको पनि साथ छ ।
अन्य सहयोगीहरु निम्नानुसार छन् :–

१.बाबु लामा मोक्तान–रोशी ६

२.कामि सिं तामाङ मोक्तान

३.हरि माया तामाङ

४.राम सिं बल

५.सलाम सिं मोक्तान

६.सगर गोले

७.विजय मोक्तान

८.आसमान लामा

९.कालुध्वज लामा

१०.अजय लामा

११.धर्म सिं लामा– रु १००००,रोशी ९

१२.राम सिं लामा– रु १००००,रोशी १०

१३.मान बहादुर लामा– रु ८३३३,तेमाल कुरुवास

१४.सुर्य लामा– रु ८३३३,रोशी ९

१५.चन्द्र लामा– रु ८३३३,रोशी ९

१६.अक्कल बहादुर लामा– रु ५०००,रोशी १०

१७.श्याम वाईबा– रु २०००,रोशी ६

१८.बाबु लामा– रु २०००,रोशी ६

यसका साथै स्थानिय गाउँलेहरुले पनि गच्छेअनुसार आ–आफ्नो तर्फबाट सक्दो चन्दा दिएको निर्माण समिति सदस्य अजय लामाले जानकारी दिनुभयो ।

यद्यपी पार्कको अन्य फिनिसिङ काम भने बाँकीनै रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार पार्कलाई अझै व्यवस्थित बनाउन बाँकी छ, यसमा लाखौं रकम अपुग देखिन्छ । त्यसैले यो पवित्र कर्यमा सहयोग जारी राख्न गाउँपालिका,संघसंस्था तथा समाजसेवी,स्थानियहरुमा अनुरोध गर्नुहुन्छ उहाँ ।

बुद्ध पार्क निर्माण तथा उपभोक्ता समिति
रोशी गापा ६ चम्फागाउँ,काभ्रे
अध्यक्ष : मान व. लामा
सचिव : हरिमाया लामा
सम्पर्क : ९८१३२२८०३६(अजय लामा)

Comments

comments

SHARE