–नाम्सादिम संवाददाता
असार, १२ काठमाडौं/ चिनियाँ लामाले गरेकाे ज्यादती विरूद्ध बौद्ध बचाउ संघर्ष समितिकाे धर्ना जारी नै रहेकाे छ । विहीबार पनि विहान ९ बजेदेखि ११ बजेसम्म घ्याङ गुठीको गेटमा बसेर स्थानीय,संघ-संस्थाका प्रतिनिधिहरू धर्ना बसेका थिए ।

समितिले गत सोमबार गुठीको कार्यालयमा समेत ताला लगाएर शान्तिपूर्ण रुपमा आन्दोलन गरेका थिए । ताला खोल्न चिनियाँ लामा भूपति बज्रले बाहिरबाट केटाहरु ल्याएर बल लगाउन थालेपछि स्थानीय आक्रोशित भएर बाैद्ध दिनभर तनावग्रस्त भएकाे संघर्ष समितिका संयोजक खड्गाजीत तामाङले बताउनु भयो । चिनियाँ लामालाइ नहटाएसम्म धर्ना तथा आन्दाेलन नराेकिने समाजसेवी नेपालजीत तामाङले बताउनु भयाे । चिनियाँ लामा भूपति बज्रलाई तत्काल बर्खास्त गर्नुपर्ने, भूपतिलाई कार्वाही गर्नुपर्ने, योग्य गुठीयार लामालाई नियुक्त गर्नुपर्ने, जनभावना अनुसार तत्काल व्यवस्थापन समिति बनाई पारदर्शी एवं व्यवस्थित ढंगले घ्याङ गुठी चलाउनु पर्ने, बौद्धको सम्पत्तीलाई पैतृक सम्पत्ति बनाउन नपाउने, हङकङ आइडि बौद्ध छोड लगायतका माग रहेका छन् ।

अब चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रमहरु अगाडि बढी नै रहने बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान तामाङले बताउनु भयो । बौद्धमा चिनियाँ लामा भूपति बज्रले विकास निर्माणकाे काममा एक रूपैयाँ लगानि गरेकाे छैन । पूजाबाट आएकाे रकम कहाँ लगानि हुन्छ ? बाैद्ध क्षेत्रमा कुचीकार, सेकुरेटि र कर्मचारीहरूकाे तलव क्षेत्रविकास मार्फत नै दिइरहेकाे छ । समितिका अध्यक्ष तामाङले बताउनु भयाे ।

बाैद्ध बचाउ संघर्ष समितिले अब कडा रूपमा अगाडि बढ्नुपर्ने भएकाे बचाउ समितिका संयाेजक खड्गजीत तामाङले बताउनु भयाे । चिनियाँ लामा पक्ष भने अहिलेसम्म सम्पर्कमा नाआएकाे दावी गरीरहँदा चिनियाँले कानुन संबत् रहेकाे जानकारी दिएकाे छ ।

Comments

comments

SHARE