–नाम्सादिम संवाददाता
असार, ११ काठमाडौं/ घ्याङ गुठीमा बसेर ज्यादती गरेको भन्दै बौद्ध बचाउ संघर्ष समितिले बौद्ध घ्याङ गुठीको गेटमा धर्ना बसेको छ । विहान ९ बजेदेखि ११ बजेसम्म घ्याङ गुठीको गेटमा बसेर स्थानीय,संघ-संस्थाका प्रतिनिधिहरू बसेर धर्ना दिएका थिए ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान तामाङ मन्तव्य राख्नु हुँदै ।

समितिले सोमबार गुठीको कार्यालयमा समेत ताला लगाएर शान्तिपूर्ण रुपमा आन्दोलन गरेका थिए । ताला खोल्न चिनियाँ लामा भूपति बज्रले बाहिरबाट केटाहरु ल्याएर बल लगाउन थालेपछि स्थानीय आक्रोशित भएर बाैद्ध दिनभर तनावग्रस्त भएकाे संघर्ष समितिका संयोजक खड्गाजीत तामाङले बताउनु भयो । चिनियाँ लामा भूपति बज्रलाई तत्काल बर्खास्त गर्नुपर्ने, भूपतिलाई कार्वाही गर्नुपर्ने, योग्य गुठीयार लामालाई नियुक्त गर्नुपर्ने, जनभावना अनुसार तत्काल व्यवस्थापन समिति बनाई पारदर्शी एवं व्यवस्थित ढंगले घ्याङ गुठी चलाउनु पर्ने, बौद्धको सम्पत्तीलाई पैतृक सम्पत्ति बनाउन नपाउने, हङकङ आइडि बौद्ध छोड लगायतका माग रहेका छन् ।

अब चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रमहरु अगाडि बढीरहेको र भोली पनि धर्ना कार्यक्रम जारी नै रहने बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान तामाङले बताउनु भयो । क्षेत्र विकास समितिकाे सक्रिया सदस्य समेत रहेका मनाेज तामाङलाइ माला चाेरेकाे दाेष लगाउँदै दुइदिन थुन्ने तयारी गरेर प्रहरीमा उजुरी हालेकाे थाहा पाए संगै समितिले एक्सन लिनु परेकाे अध्यक्ष तामाङले बताउनु भयाे । मनाेज तामाङलाइ क्षेत्र विकासले नै माला टिप्न अख्तियारी दिएकाे धर्ना कार्यक्रममा तामाङले बताउनु भयाे ।

बौद्धमा यसअघि देखि नै चिनियाँ लामा भूपति बज्रले ज्यादती गर्दै आएपछि यसरी आन्दोलनमा उत्रिनु परेको तामाङ कल्याण गुठीका सचिव भुवन लामाले बताउनु भयो । लामाले भने,‘बौद्धमा भूपतिलाई पूजा गर्न मात्र नियुक्त गरेको हो ।’ तर, अहिले बौद्ध स्तूपा समेत मैले बनाएको भन्दै हिँडेको छ । यो कति सम्मको लजस्पद कुरा हो । त्यसैले अब नक्कलि भूपतिलाई यहाँबाट निकाल्नुपर्छ । उनले भने ।’

चिनियाँ लामा बज्रले आफुहरु मिलेर अगाडि बढ्ने श्रोतले जानएको छ । चिनिया लामा पक्षले मागहरु ल्याए छलफल गरेर अगाडि बढ्न श्रोतले नाम्सादिमलाई जानकारी दिएको छ । संघर्ष समितिले भने चिनियाँ लामा पक्ष छलफलमा बस्नै नचाएको दावी गरेको छ । संघर्ष समितिले भने चिनियाँ लामालाई बर्खास्त नै गर्नु पर्ने जनाएको छ ।

Comments

comments

SHARE