थाईल्याण्ड/ अन्तराष्टिय तामाङ परिषद पुर्व एसियाको छेत्रीय सम्मेलन थाईल्याण्डको राजाधानी बैंककमा सम्पन्न भएको छ । सम्मेलनमा पुर्वी एसियाका ७ राष्ट्रका तामाङ सङ्गठनका प्रतिनिधिहरुले सहभागि जनाएका थिए । दुइ दिनसम्म चलेको उक्त सम्मेलनमा पुर्बी एसियाको छेत्रीय समन्वय समिति गठन गरेकाे छ ।

सम्मेलनमा छेत्रीय कार्य योजना र केन्द्रिय कार्य योजनामाथि छलफल भएको अन्तरास्ट्रिय तामाङ परिषदका सचिव रबिन लामा थिङ्ले जानकारी दिनुभयाे । नेपालबाट पुर्ब मन्त्री तथा प्रतिनिधि सभाका सांसद हित बहादुर तामाङ प्रमुख अतिथि, कोरियाका लागि नेपालका पुर्ब राजदुत कमान सिंह तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिसदका अध्यक्ष के एम तितुङ, नेपाल तामाङ घेदुङ्का अध्यक्ष मोहन गोले, परिषद्का वरिषठ उपाध्यक्ष टासी लामा, सल्लाहकार सुजेन्द्र गोले, जापान तामाङ समाजका प्रमुख सल्लाहकार हवल चन्द्र तामाङ, तामाङ समाज युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, नेपाल तामाङ घेदुङ्का केन्द्रिय सचिब राम कृष्ण ब्लोन, पुगेका थिए ।

यसैगरी नेपालबाट कलाकारहरु प्रेम लोप्चन, कृष्ण वाइबा र सोनम बज्युले पनि उपस्थिति जनाएका थिए । सम्मेलन पुर्बी एसियाको ७ सदस्य संगठन रास्ट्रहरुले आ-आफ्नो गतिविधि र योजना सहितको प्रतिबेदन प्रस्तुत गरेका गरे । सम्मेलनबाट परिसदका उपाध्यक्ष अस्मिता वाइबालाई पुर्बी एसियाका संयोजक र हङ्कङ तामाङ घेदुङ्का अध्यक्ष बिश्व घिसिङ्लाई सचिबमा चयन गरियको छ ।

सम्मेलनले बोयस लामा (थाइल्यान्ड ), स्नेह तामाङ (कोरिया), दिप तामाङ(म्यान्मार), फुर्बा तामाङ ( मलेसिया ), हेम तामाङ (मकाओ), सदस्यमा चयन गरिएका छन् । परिषदको अर्को छेत्रीय सम्मेलन गल्फ (खाडी) छेत्रकोलागि दुबई अथवा कतारमा गर्न सम्मेलनका अतिथी तथा तामाङ समाज युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ्ले शुभकामना मन्तब्यको क्रममा परिसदको केन्द्रीय समितिलाई माग गरेकाे छ ।

Comments

comments

SHARE