नाम्सादिम संवाददाता
असार ९, काठमाडौं/ सोमाबर बौद्ध स्तुपा परिसर दिनभर तनावग्रस्त भएको भएको छ । चिनिया लामा भूपतिले पहिल्यैदेखि विभिन्न गलत कार्यहरु गर्दै आएकाे स्थानीयले बताए । यस पटक पनि बौद्ध परिसरमा फलेको बुद्धचित्त माला चोरेको भन्दै प्रहरीमा बौद्ध मेलम्ची घ्याङ गुठीले उजुरी दिएका थिए ।बौद्ध नाथ क्षेत्र विकासर समितिले समितिको सदस्य समेत रहेका मनोज लामालाई बुद्धचित्त माला टिप्न अख्तियारी दिएका थिए । चिनिया लामा आवद्ध संस्था मेलम्ची घ्याङ गुठीले प्रहरीमा चाेरेकाे भन्दै उजुरी दिएपछि स्थानीयले विरोध जनाएका थिए । विना सर्त मुद्ध फिर्ता लिनुपर्ने माग राख्दै बौद्धनाथ क्षेत्र विकास समिति, तामाङ कल्याण गुठी र बौद्धको स्थानीय मिलेर मेलम्ची घ्याङ गुठी ताल्चा लगाएको समितिका अध्यक्ष चन्द्रमान तामाङले बताउनु भएको थियो । विहान लगाएको ताल्चा बाहिरबाट १८,२० जना केटाहरु ल्याएर ताल्चा फोडेपछि स्थानीय आक्रोशित भएको कल्याण गुठीका अध्यक्ष खड्गजीत तामाङले जानकारी दिनुभयो । बाहिरबाट केटाहरु ल्याएको भन्दै स्थानीयले चिनिया लामा भूपति बज्र लामा परिवार, गुठीका सल्लाहकार योगेन्द्र घिसिङ लगायतलाई गुठि भित्रै थुनिएका थिए । पूजा गर्न मात्र राखेको चिनिया लामाले बौद्धमा पटक–पटक दादागिरी गर्दै आएपछि क्षेत्र विकासले ताल्चा गर्न बाध्य भएको समितिका कार्यकारी निर्देशक बसन्त लामाले बताउनु भयो । उहाँले थप्नु भयो ‘हामी वार्ता बस्न तयार छौं तर, बौद्ध जस्तो पवित्र ठाउँमा यसरी पूजा मात्र गर्न राखेको लामाले दादागिरी नगरोस् । ’ यसैगरी कल्याण गुठीका सल्लाहकार नेपालजीत लामाले यसरी लामाको ठाउँमा बसेर काम नगरे यहाँबाट निकाले पठाउनु पर्ने बताउनु भयो । पूजा गर्न बसेको लामाले यसरी बौद्ध नै कब्जा गर्न नमिल्ने लामाले थप्नु भयो । स्थानीयले चिनिया लामा बज्रविरुद्ध नाराबाजी समेत लगाएका थिए । नारामा निचिया लामा चाहिँदैन, नक्कलि चिनिया लामा बौद्ध छोड् लगायतका नारा लगाएका थिए । घ्याङ गुठीका सल्लाहकार घिसिङले मिलाउने पहल भईरहेको बताउनु भयो ।

Comments

comments

SHARE