-नाम्सादिम संवाददाता
रामेछाप । सुनापति गाउँपालिका वडा नं ३, खोट्पस्वाँरा, हिलेदेवीस्थित श्री जन जागृत माद्यामिक विद्यालयमा नयाँ भर्ना भएका र दलित छात्रछात्राहरुलाई एक समारोहबीच निःशुल्क विद्यालय पोशाक वितरण गरिएको छ ।

सुनापति गा. पा. ३ नं वडाका वडाध्यक्ष बाबुराम मोक्तानको प्रमुख आतिथ्यतामा विद्यालय पोशाक वितरण गरिएको हो । यही नयाँ शैक्षिकसत्रमा भर्ना भएका ३२ र दलित ११ छात्रछात्रालाई निस्शुल्क विद्यालय पोशाक वितरण गरिएको पोशाक वितरण समारोहका सभापति तथा वि.व्य. स. अध्यक्ष राजिव मोक्तानले जनाएका छन् ।

वडा सदस्यहरू कुल बहादुर थिङ र डेक बहादुर खड्काको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै मोक्तानले अन्य छात्रछात्राहरुलाई पनि ६०र४० को आधारमा विद्यालय पोशाक वितरण गरिएको जानकारी गराए । उनी भन्छन् (अन्य छात्रछात्रालाई अविभावकले ६० प्रतिशत रकम ब्यहोर्ने र विद्यालयले ४० प्रतिशत रकम ब्यहोर्ने गरि विद्यालय पोशाक वितरण गरेका छौँ ।

अन्य छात्रछात्रासहित ११८ जनालाई विद्यालय पोशाक वितरण गरिएको छ, यसले विद्यार्थीहरुमा एक किसिमको उत्साह थपेको विद्यालयका शिक्षक निमा लामाले बताए । निमित्त प्रधानाध्यापक मीरा पाख्रीनका अनुसार विद्यालयमा ११८ जना छात्रछात्रा अध्ययनरत छन् ।

Comments

comments

SHARE