-नाम्सादिम संवाददाता
असार ४, काठमाडाैं । लामो समयदेखि तामाङ गीत संगीत क्षेत्रमा लागि रहेका गायिका शशिकला मोक्तान तामाङको ‘नाचिन्छ नाचिन्छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । काठमाडौंको चाबहिलमा एक कार्यक्रम आयोजना गरेर वरिष्ठ गायक जयनन्द लामा तामाङले सार्वजनिक गरेको हो ।

कार्यक्रममा ईन्द्रराम मोक्तान, प्रेम लोप्चन, इन्द्रिरा गोले, रोज मोक्तान, तामाङ कलाकार संघका अध्यक्ष संजिव वाइबा, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गीतमा स्वर गायिका शशिकला मोक्तानको रहेको छ भने भिडियोमा अभिनय वर्षा थिङ तामाङ र छिरिङ तामाङले गरेका छन् । उक्त भिडियोलाई एस.के महर्जनले छायांकन गरेको हो भने दिलिप योञ्जनले सम्पादन गरेका थिए । भिडियोको निर्देशन हेरुका तामाङले गरेको छ ।

गायिका तामाङले तामाङ सेलो तामाङ गीत गरेर धेरै गीतहरुमा स्वर भरिसकेका छन् । कार्यक्रम सञ्चालन रविन तामाङले गरेको थियो ।

Comments

comments

SHARE