–नाम्सादिम संवाददाता
असार ४ । ट्राभलिङ किम्फ महोत्सवको संयोजनको भूमिका खेल्दै आउँनु भएका एभरेष्ट टाइम्सका सम्पादक ङिमा पाख्रिन न्युयोर्कमा सम्मानित भएका छन् । पाख्रिनलाई काउन्सिलमेन कोष्टाकेष्टनटिनीदेशको कार्यालयबाट प्राप्त सम्मान–पत्र न्युयोर्क सिटीले कम्युनिटि लियाजन जोया चौधरीले प्रदान गरेको थियो ।

पाख्रिनले मिडिया क्षेत्रमा दुइ दशक भन्दा बढी समय विताएका छन् । हाल अमेरिकाबाट प्रकाशन हुने एभरेष्ट टाइम्स पाक्षिककाे सम्पादक हुन् । पाख्रिन नेपालबाट सञ्चालनमा रहेको अनलाइन पत्रिका नाम्सादिम डट कमको समेत सल्लाहकारमा हुन् । पाख्रिनले चलचित्र क्षेत्रमा पनि लामो समयदेखि काम गरीरहनु भएको छ । हालसालै पाख्रिनले ‘आमालाई उपाहर’ लघु चलचित्र निर्देशन गर्नु भएको थियो । उक्त चलचित्र पहिलो पटक तामाङ अन्ताराष्ट्रिय स्वतन्त्र फिल्म महोत्सवमा प्रदर्शन गरेका थिए ।

न्युयोर्कमा नेपाली समुदायलाई अरु समुदायसँग चलचित्र, बृत्तचित्रको प्रदर्शनको माध्यमबाट जोडेर छलफल अन्तरक्रिया गराउँन र नेपाली चलचित्र, वृत्तचित्र निर्माताहरुलाई अमेरिकामा परिचित गराउँन पाख्रिनको महत्वपुर्ण योग्दान छ । टिमवर्कमा विश्वास राख्ने पाख्रिन एक्लैले भन्दा समूहमा काम गर्दा सफल र सन्तुष्टि प्राप्त हुने बताउँनु हुन्छ । सामुदायिक कामको पहिचान गरी न्युयोर्क सिटि काउन्सिलबाट आफूलाई गरिएको सम्मानको श्रेय आफ्नो समुहको सामुहिक प्रयासको प्रतिफल हो भनेर पाख्रिनले एभरेष्ट टाईम्स लाईभमा बताउँनु भयो ।

अमेरिकाको न्युयोर्कमा एभरेस्ट टाइम्सको आयोजनामा पाँचौ संस्करणको ट्राभलिङ किम्फ फेस्टिबलमा पाख्रिनलाई सम्मान गरेको हो । कार्यक्रमको सह–आयोजना भने एभरेस्ट टाइम्सको नाममा स्थापित एभरेस्ट टाइम्स फाउण्डेसनले गरेका थिए ।
उक्त किम्फ फेस्टिबल जुन १६ तारिख आइतबार सम्पन्न गरेका थिए । न्युयोर्कको उडसाइडस्थित सिक्सटी वान स्ट्रीटको धर्म हाउसमा महोत्सव आयोजना गरेको थियो । महोत्सवमा नेपालको ग्रामीण भेगको वास्तविक कथावस्तु समेटेर बनाइएका ६ वटा उत्कृष्ट वृत्तचित्र समेत प्रदर्शन गरेका थिए ।

प्रदर्शन गरिएका वृत्तचित्र सपर माङक, मरिसकेको मान्छे, तातिनी, माउन्टेन मदर, डोल्पा डायरी र कथा ७२ समेटिएको थियो । ट्राभलिङ किम्फ महोत्सवमा उठेका रकम हलभाडा कटाएर नेपालको ग्रामीण भेगको विद्यालयलाई सहयोग गर्ने आयोजकले जनाएको छ । यस पटकको रकम भोजपुर जिल्लाको कुनै एक दुर्गम विद्यालयालाई हस्तान्तरण गर्ने एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले जनाकारी बताएको छ । यसअघि सोलुखुम्बुको चाँगेस्थान मा.वि केरुङ र सेर्गा बागम प्रा.वि सेर्गा, सिन्धुपाल्चोकको जम्बियाङ प्रा.वि र रामेछापको बाल्दिङ विद्यालयलाई प्रदान गरेका थिए ।

प्रवासमा ग्रामीण भेगको मन छुने राम्रो वृत्तचित्र देखाएर नेपालको चिनारी दिने र संकलन भएको रकम दुर्गम गाउँको विद्यालयहरुमा दिने उदेश्यले कार्यक्रम आयोजना गरेको शेर्पाले बताएका छन् । यसैगरी एभरेष्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले भने, ‘पाँचौ स.स्करणसम्म आउदा दर्शकले दिँदै आएकाृ मायाले हाम्रो यात्रालाई अझ प्रभावकारी बनाएको छ । हामीले नेपाली समुदायका साथै अन्य मुलुकका नागरिकलाई समेत महोत्सवमार्फत नेपाललाई देखाउन पाएका छौं । हामीलाई यसबाट आफ्नो देशका लागि केही गर्न सकेको महशुस भएको छ ।’

पाँचौ किम्फमा सहभागीहरुको चाप हेर्दा झनै खुशी लागेको टाइम्सका प्रबन्ध निर्देशक तेम्बा दोङबा ह्योल्मोले बताएको छ । फेरी थप्छन्– ‘यसपटक सोचेको भन्दा कगल बढी सहभागीको साथ र सहयोगले हामीलाई उत्साह मिलेको छ ।’

Comments

comments

SHARE