-नाम्सादिम संवाददाता
तामाङ म्हारमेन मिडिया अवार्ड मिक्साङ वाइबा र मनिषा तामाङलाई दिएका छन् । रेडियाे मिर्मिरेमा सन्चालन हुने तामाङ म्हारमेन कार्यक्रमकाे छैटाैं वार्षाकाेत्सवकाे अबसरमा दिएकाे हाे । तामाङ भाषाकाे रेडियाे कार्यक्रम रेडियाे मिर्मिरे एफएम ८९ थाेप्लाे ४ मेगाहर्ज मार्फत २०७० साल जेष्ठ ११ गतेदेखि शनिबार बाहेक दैनिक सन्चालनमा रहेकाे छ ।

उक्त कार्यक्रम दैनिक बिहान ९ बजेदेखि १० बजेसम्म प्रशारण गर्दै आएकाे कार्यक्रम संयाेजक तथा प्रस्ताेता बिष्णु दाेङ तामाङले जानकारी दिनु भएकाे छ । यस कार्यक्रममा तामाङ साहित्य, चलचित्र, संस्कृति, तामाङ समुदायकाे राजनीति, आर्थिक स्थिति, बाैद्ध दर्शन, गीतसंगीत, लगायतकाे बिषयमा कार्यक्रम उत्पादन गर्दै आइरहेका छन् ।

यस कार्यक्रम औपचारिक रूपमा २०७० साल जेठ ११ गते शुक्रबार समुदघाटन गरेर उत्पादन तथा प्रशारण गर्दै आएका छन् । कार्यक्रमले छैटाैं वर्षमा प्रवेश गरेकाे अवसरमा औपचारिक रूपमा लेखक रविन्द्र ग्याबकले उद्घाटन गर्नुभएकाे थियाे । राजधानीमा आयाेजना भएकाे उक्त कार्यक्रममा सचन्चार क्षेत्रमा रहेका सन्चारकर्मी, श्राेता, शुभचिन्तक, नेता लगायतले शुभकामना दिएका थिए ।

तामाङ म्हारमेन कार्यक्रमले अहिलेसम्म उदघाटन कार्यक्रम सहित जम्मा ३ पटक मात्रै औपचारिक रूपमा कार्यक्रम आयोजना प्रस्ताेता तामाङले जानकारी दिनुभयाे । यसअघि २०७१ साल जेठ १७ गते आफ्नो प्रसारणको पहिलो वार्षिकोत्सब तथा सम्मान कार्यक्रम मनाईएपछिको यो दोस्रोपटक हो । प्रथम वार्षिकोत्सब तथा मिडिया अवार्ड ‘२०७१’ मा भक्तपुर एफएम १०५.४ मेघाहर्ज भक्तपुरका रेडियोकर्मी मोहन दोङलाई सम्मान गरेको थियो । संगीततर्फ मोहन घिसिङ र युवा गीतकार डुप्साङ तामाङलाई सम्मान गरेकाे थियो ।

भर्खरै सम्पन्न जेठ ३२ गतेको छैटौं वार्षिकोत्सब तथा सम्मान कार्यक्रमले चाहिँ रेडियो अन्नपूर्ण र रेडियो काठमाडौंकी मनिषा लोलाई प्रमुख अतिथि समेत रहेका लेखक तथा पत्रकार रबिन्द्र तामाङद्वारा यस बर्षको तामाङ म्हारमेन मिडिया अवार्ड प्रदान गर्नुभएकाे थियाे । यसैगरी गीत संगीतमा काभ्रे मादनका प्रगतिशील गायक चन्द्र वाईबा ‘प्राङ्बो’, खेलकुदमा राष्ट्रिय गोजुरियो खेलाडी कमल वाईबा तामाङ लगायत रेडियोलाई सघाउने केही ब्यबसायीहरुलाई प्रसङ्श पत्र समेत दिएको थियो ।

कार्यक्रममा रेडियो मिर्मिरे ८९.४ मेघाहर्जका प्रबन्ध निर्देशक खम्बु चन्द, तामाङ पत्रकार संघ केन्द्रीय समितिका अध्यक्ष बिष्णु मोक्तान लगायत विभिन्न संघ-संस्थाका पदाधिकारीहरुको उपस्थिति जनाएका थिए । कार्यक्रम बिष्णु दोङ तामाङको सभाध्यक्षमा भएको थियाे । तामाङले तामाङ समुदायकाे भाषा, धर्म, भेषभूषा, कला, संस्कार संस्कृतिकाे संरक्षणका लागि कार्यक्रम सन्चालन गरेकाे बताउनु भयाे । कार्यक्रम अब सातै दिन सन्चालन गर्न पहल गर्ने समेत तामाङले बताउँनु भयाे । तामाङले दैनिक रूपमा आफ्नै खर्चमा कार्यक्रम सन्चालन गर्दै आएकाे बताउनु भयाे । तामाङले भने,”आफूले सकूनजेलसम्म कार्यक्रम निरन्तरता दिने समेत बताउनु भयाे ।” उक्त कार्यक्रम पत्रकार जगत तामाङले संचालन गरेको थियो ।

Comments

comments

SHARE