मानवी मोक्तान तामाङ

जेष्ठ २८, धनकुटा । तामाङ समुदायको भाषा धर्म संस्कार संस्कृति परम्परालाई जर्गेना तथा संरक्षण प्रवद्धन गर्दै तामाङ समुदाएको यूवा यूवतिहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रदेश १ स्तरिय मिस तामाङ प्रतियोगिता नेपाल तामाङ धेदुङ उर्लाबारी नगर कार्यसमिती मोरङ को आयोजना हुने भएको छ ।

कार्यक्रम तामाङ घेदुङ जिल्ला समन्वय समिती धनकुटाको सह-आयोजनामा मिस तामाङ प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रदेश १ स्तरिय मिस तामाङ प्रतियोगिताको पहिलो अडिसन असार १२ गते इलाम बाट सुरु हुने छ । दोस्रो अडिसन असार १६ गते विर्तामोड क्रमस असार २० गते धनकुटा , असार २५ गते सुनसरि तरहरा ,असार २८ गते उर्लाबारी मा हुने आयोजकले जनाएको छ । असार २० गते ४ वटा जिल्ला को अडिसन धनकुटाको हिलेमा सञ्चालन हुने छ । नेपाल तामाङ धेदुङ उर्लाबारी नगर कार्यसमिती मोरङ र नेपाल तामाङ घेदुङ जिल्ला समन्व समिती धनकुटाका बिच आज बसेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मिस तामाङ प्रतियोगिता आयोजक टिमका सदस्य रबिन पाख्रिन तमाङले भोजपुर , धनकुटा ,तेह्रथुम र संखुवासभाका लागि असार २० गते धनकुटाको हिलेमा अडिसन सञ्चनलन गरिने जानकारि दिनु भयो । त्यस्तै गरि छलफल तथा अन्तरक्रिया बाट ग्रान्ड फिनालि धनकुटाको हिलेमा भदौ २८ गते गर्ने निर्णय गरेको छ ।

प्रतियोगिताको बिजेता फस्ट रनअप ले नगद रु एक लाख गिफ्ट ह्याम्पर र दोस्रो लाई पचास हजार गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यस्तै अन्य बिजेताहरुलाई विभिन्न विधामा नगद र गिफ्ट ह्याम्पर साथै एक वर्ष सम्मकालागि फेसन डिजाईन डिप्लोमा कोर्ष, शैक्षिक इस्कलरसिप ,जिवन विमा लगाएतका विभिन्न पुरस्कारहरु वितरण गरिनेछ । छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल तामाङ धेदुङ उर्लाबारी नगर कार्यसमिती मोरङ का अध्यक्ष राजु घिसिङ मिस तामाङ प्रतियोगिताको व्यवस्थापक जिवन चिमरीया , नेपाल तामाङ घेदुङ जिल्ला समन्व समिती धनकुटाको सहसचिव धन बहादुर मोक्तान , घेदुङ जिल्ला समन्व समिती धनकुटाको पदाधिकारिहरु जयन्द्र घिसिङ , लाखमान घिसिङ, राम घिसिङ, नेपाल तामाङ यूवा घेदुङकका केन्द्रिय अध्यक्ष धिरेन थिङ, नेपाल तामाङ घेदुङ धनकुटा जिल्ला का संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रिय सल्हाकार विवि तितुङ तामाङ , नेपाल तामाङ धेदुङ उर्लाबारी नगर कार्यसमिती मोरङ सचिव राज कुमार योञ्जन, उघोगवाणिज्य संघ धनकुटाका उपाध्यक्ष्य तारा तितुङ लगाएत धनकुटोका समाज सेवि वुद्धिजिविहरुको सहभागिता थियो । कार्यक्रम नेपाल तामाङ घेदुङ जिल्ला समन्व समिती धनकुटाको अध्यक्ष विष्णु बहादुर मोक्तान को अध्यक्ष्यतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव फुर्वा घिसिङ ले गर्नु भएको थियो ।

Comments

comments

SHARE