-नाम्सादिम संवाददाता
जेष्ठ २७, काठमाण्डौं/ राजधानीमा तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव(टिफ) २०१९–Tamang International Indipendent Film Festival-TIFF 2019 को तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

यहि जेठ २९ र ३० गते राजधानीको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा हुने महोत्सवको तयारी अन्तरगत प्रदर्शन गरिने चलचित्र छनोट अतिथि निमन्त्रणाका साथै व्यवस्थापकिय तयारी सम्पन्न भएकोे महोत्सव अध्यक्ष विगेन्द्र वाइबा तामाङले जानकारी दिएकाे हाे ।

उनले तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना तथा एससीआरसीको सहकार्यमा हुन लागेको महोत्सवमा तामाङ सौन्दर्य, जीवन र ज्ञान परम्परा झल्किने १८ वटा चलचित्र प्रदर्शनका लागि छनौट गरिएको जानकारी दिएकाे छ ।

महाेत्सवमा नेपालका साथै अमेरिका, जापान, क्यानडा लगाएतका देशहरुवाट प्रतिनिधित्व हुने यि चलचित्रहरु महोत्सवमा प्रदर्शन गर्न लागिएको जनाएकाे छ ।
महोत्सव अन्तर्गत चलचित्र प्रदर्शनका साथै तामाङ चलचित्र सम्बन्धि विषयगत छलफल समेत हुनेछ । साथै भिजुयल पोइट्री तथा कविता वाचन, पराम्परागत थाङका चित्रकला तथा मुर्ति कला बारे अन्तरकृया लगायतका कार्यक्रमहरु पनि हुने जनाएकाे छ ।

महोत्सवको थप आकर्षणको रुपमा साँस्कृतिक झाँकि प्रस्तुति, तामाङ भेषभुषा प्रदर्शन, तामाङ मौलिक खाना, पुस्तक पर्दशनी, परम्परागत थाङका चित्रकला तथा मुर्तीकला प्रदर्शनी लगायत रहेको महोत्सव निर्देशक जगत तामाङले जानकारी दिएकाे छ ।

Comments

comments

SHARE