-नाम्सादिम संवाददाता
संचारकर्मी बुद्ध योञ्जन तामाङले जन्मदिनको अवसर पारेर ‘ह्रुङा’ कथा संग्रह पुस्तक बजारमा ल्याउनु भएको छ । तामाङको पुस्तक शनिबार नेपाल तामाङ घेदङको हलमा विमोचन गरेको थियो । पुस्तकलाई मायालु ङेसुर तामाङ, निष्णु तामाङ, दावासाङ तामाङले सामुहिक रुपमा विमोचन गरेको हो ।

बुद्ध योञ्जनको यो सातौं पुस्तक हो । उहाँ लामो समयदेखि तामाङ समुदायको क्षेत्रमा काम गर्दै आउँनु भएको छ । योञ्जन तामाङ डाजाङको पूर्व अध्यक्ष समेत हुन् । तामाङले पहिलो पुस्तक संगालो (तामाङ गीति एल्वम् परिचयात्मक २०६० सालमा, ह्युलरी खाराङबा मुला ? तामाङ भाषाको कविता संग्रह २०६१ मा, तामाङ सेङराप (तामाङ आख्यान) संयुक्त २०६८ मा, बहुभाषी उखान टुक्कासंग्रह संयुक्त २०७४ मा, पाडाला म्हेन्दो  गीति एल्वम् तामाङ भाषा संयुक्त २०५७ मा, आमाला दुङाल )गीति एल्वम् तामाङ भाषा संयुक्त २०५८ र भर्खरै ह्रुङा तामाङ भाषाको कथा संग्रह सार्वजनिक गर्नुभएको छ ।
पुस्तकमाथि समीक्षा गर्दै शिक्षक समेत रहेका दावासाङ तामाङले पुस्तकले तामाङ समुदायको जनजिवन बोक्न सफल भएको बताउँनु भयो । पुस्तकमा तामाङ महिलाको कुरा संस्कृतिको कुरा धेरै कुरा आएको उहाँले बताउँनु भयो । लेखकले भाषाको प्रयोग प्राय सिन्धुपाल्चोकको धेर आएको उहाँले बताउँनु भयो ।

यसैगरी सञ्चारकर्मी मायालु तामाङले पुस्तकले महिलाको पक्षमा राम्रोसंग ओकालत गर्न सकेको बताइन् । पुस्तक पढेपछि नाम्सादिममा नै पुगेको महशुस भएको तामाङले थपिन् । कतिपय लोभ भइसकेको शब्दहरु तामाङको कथाहरुलाई ल्याउन सफल भएसंगै तामाङको सांस्कृतिक पक्षलाई उजागर गर्न सफल भएको बताइन् ।

विमोचन कार्यक्रममा निष्णु तामाङले तामाङ चेलि भारतको कोठिमा बेचिँदा कोठिमा गरेको संवाद तामाङमा नराखी तामाङ चेलिले सकिनसकि हिन्दिमा बोल्ने कोशिस गरेको र बम्बअीको कोठिमा दलालले पनि हिन्दिमा संवाद गरेकाे राखेको भए कथा स्ट्रोङ देखिन्थ्याे । पुस्ताकले सिंगो तामाङ समुदायको इतिहास संस्कृति बोक्न सफल भएको तामाङले थप्नु भयो ।

तामाङले तामाङको संस्कार संस्कृतिसंगै तामाङको ऐतिहासिक पक्षलाई लोभ हुन नदिने उदेश्यले पुस्तकलाई बजारमा ल्याएको बताउँनु भएको थियो । कार्यक्रम आयोजना तामाङ डाजाङले गरेको हो । कार्यक्रमको संचालन भने डाजाङका अध्यक्ष सन्चु ब्लोन तामाङले गरेकी थिइन् ।

Comments

comments

SHARE