–नाम्सादिम संवाददाता
बौद्ध तामाङ कल्याण गुठीले एक दिने बनभोज कार्यक्रम सम्पन्न गरेको छ । गुठीले बुधाबार आयोजना गरेको कार्यक्रममा विभिन्न तामाङ संघ/संस्थाका प्रतिनिधिहरूले उपस्थित जनाएका थिए । गुठीले बार्षिक रुपममा ल्होछारकाे अबसरमा गर्दै आएको बनभोज कार्यक्रम विशेष कारण बस जेष्ठमा पुगेको गुठीका अध्यक्ष खड्ग जित तामाङले बताउनु भयो ।

ल्होछारको समयमा बौद्ध वडा ६ मा बसोबास गर्ने तामाङ समुदाय र विभिन्न संघ/संस्थालाई बोलाएर बनभोज कार्यक्रम सम्पन्न गर्ने गरिन्थ्यो । बुधबार सुर्यविनायकको भक्तपुरमा आयोजना गरेको कार्यक्रममा करिव २ सय जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान तामाङ, कार्यकारी निर्देशक बसन्त तामाङ, तामाङ कल्याण गुठीका सल्लाहकार टासी लामा तामाङ, बौद्ध वडा नं. ६ का अध्यक्ष दिपेन्द्र तामाङ, सांसद छिरिङ दोर्जे तामाङ, गुठीका सल्लाहकार तथा समाजसेवी आले मामा लगायतले उपस्थिति जनाउनु भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न मोरोञ्जनात्मक खेलहरु पनि खेलेका थिए । कार्यक्रमको अन्तिममा कार्यक्रममा उपस्थिति सबैजनालाई धन्यवाद दिँदै गुठीका अध्यक्ष खड्ग जित तामाङले बौद्ध वडा नं. ६ बौद्धलाई सफा, शुब्द राख्दै बाैद्ध संरक्षणमा सबैजना सकारात्मक तरिकाले लाग्नु पर्ने बताउँनु भएको थियो ।

Comments

comments

SHARE