जेठ १४, रामेछाप/ सुनापती गाउँपालिकामा प्याराग्लाइडिङको सफल परीक्षण उडान गरेका छन् । जिल्लामा सोमबार सुनापती डाँडाबाट दुई वटा परिक्षण प्याराग्लाइडिङको उडान गरिएकाे थियाे । परीक्षणमा पोखराबाट आएका तालिम प्राप्त पाइलटद्धय जुद्ध गुरुङ र विनोद खड्का साथमा नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेल र सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टले प्याराग्लाइडिङ गरेकी थिइन् । प्याराग्लाइडिङ सुनापती डाँडाबाट उडान गरी सिन्धुली जिल्लाको धार्मिक पर्यकीय क्षेत्र कुशेश्वर महादेव मन्दिर परिसरमा अवतरण गरिएको थियो ।

२२ सय मीटरबाट उडान भरेर सो प्याराग्लाइडिङ ४५ मिनेट उडानपछि ४ सय ५० मीटरमा अवतरण गरेका थिए । परीक्षण उडानका यात्रु नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेलले यो यात्रामा आफूलाई स्वर्गीय आनन्दको महशुस भएको बताएका थिए । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले प्याराग्लाइडिङ उडानको रिपोर्ट आएपछि आगामी दिनमा यसलाई निरन्तरता दिने बताएका छन् । पचास प्रतिशत स्थानीयलाई शेयर दिएर प्याराग्याइडिङ उडान सञ्चालन गर्ने बताए ।

अध्यक्ष लामाले २०७५ चैत्र १३ गते फिल्मशालाको कार्यालय त्रिपुरेश्वरमा प्याराग्लाईडिङ उडानकाे घोषणा गरेका थिए ।त्यसको दुई महिनाभित्रै प्याराग्लाईडिङ परिक्षण उडान सफल भएको हो । प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि स्थानीयहरु हर्षित बनेका छन् । प्याराग्लाइडिङको उडानपछि यो क्षेत्रमा पर्यटक प्रवद्र्धन हुने निश्चित छ ।

सुनापती डाँडाबाट दोलखाको गौरीशकंर हिमाल, सैलुङ क्षेत्र, ऐतिहासिक सिन्धुलीगढीलगायत देख्न सकिन्छ । समुन्द्री सतहबाट २३ सय मिटर उचाइमा रहेको सुनापती डाँडा काठमाडौंबाट करिब एक सय २० किलोमिटरको दूरिमा रहेको छ । कार्यक्रम गाउँपालिकाको सहयोगमा सुनकोसी–लहरेमाने–सुनापति पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष राजकुमार मैनालीको नेतृत्वमा सम्पन्न गरेकाे हाे ।
-फिल्मशाला टिभीबाट साभार
तस्वीरः श्रीहरी श्रेष्ठ

Comments

comments

SHARE