नाम्सादिम संवाददाता

देशभर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण सोमबार देशका विभिन्न ठाउँकाे जनजीवन प्रभावित भएको छ। बन्दको पूर्वसन्ध्या आइतबार साँझ राजधानीदेखि शृंखलाबद्ध रूपमा बम विस्फोट गराएर आतंक सिर्जना गरेका गरे । विप्लव समूहले सोमबार पनि विभिन्न स्थानमा बम राख्ने तथा गाडी जलाउने काम गरिरहेकाे छ।

त्रिभुवन राजपथअन्तर्गत हेटौंडाको चौकीटोलस्थित प्रहरी चौकीनजिकै पनि विप्लव समूहले ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यसैगरी हेटौंडाको बुद्धचोकनजिक राखिएको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले सोमबार बिहान ५ बजेतिर बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएकाे छ। बम निष्क्रिय बनाउने क्रममा ठूलो आवाज आएपछि स्थानीय बासिन्दा त्रसित भएकाे प्रहरीले जनाएकाे छ । काठमाडौंमा पनि गाडी अन्य दिनभन्दा पातलो मात्र चलेका छन् । यसैगरी पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंसी पुलमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ। नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर बम निष्क्रिय पारेको जनाएकाे छ ।

धादिङकाे नौबिसेमा पनि शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएकाे छ । याे समाचार तयार पार्दसम्म सो स्थानलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय बनाउने प्रयास गरिरहेकाे जनाएकाे छ । सरकारले चलाएको हत्याहिंसाविरुद्ध प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै विप्लव नेकपाले तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ। गृहमन्त्रीले देशभरको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएकाे बताएकाे छ ।

Comments

comments

SHARE