–नाम्सादिम संवाददाता
दर्जनौं तामाङ गीत संगीतमा स्वर र संगीत भरिसकेका गायक विशाल काल्तान तामाङको हातैमा डम्फू बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङले दर्जनौं तामाङ र तामाङ सेलो गीतहरुमा स्वर भरिसकेका छन् । गायक तामाङसंगै यसै गीतमा गायिका जितु लोप्चन तामाङले स्वर भरेका छन् । गायिका तामाङले पनि दुइ दर्जन तामाङ र तामाङ सेलो गीतमा स्वर भरि सकेका छन् ।

म्युजिक भिडियोलाई तामाङ कलाकार संघका अध्यक्ष संजिव वाइबा तामाङले विमोचन गरेका थिए । तामाङले पछिल्लो समय तामाङ समुदायमा धेरै भन्दा धेरै गीतको म्युजिक भिडियोहरु बजारमा ल्याउन सफल भएकोमा खुशी व्यक्त गरेका थिए । साथै आगामी दिनहरुमा पनि यसरी नै गीत संगीत क्षेत्रमा लागि पर्न समेत शुभकामना दिएका थिए । अध्यक्ष तामाङले अब आउँने गीतहरुमा शब्द, संगीत र म्युजिक भिडियोमा अझै ध्यान दिएर बजारमा ल्याउनु पर्ने बताएका थिए ।

उक्त म्युजिक भिडियोमा पछिल्लो समय गीतको भिडियोमा चर्चाको शिखरमा पुगेका दुइ जोडि अनिता गोले तामाङ र अभि तामाङले गरेका छन् । अभि र अनिताले दर्जनौं तामाङ र तामाङ सेलो गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । यी दुइ जोडिले पछिल्लो समय म्युजिक भिडियोमा नै भ्याई नभ्याई रहेको श्रोतले जनाएको छ । पछिल्लो समय उनीहरु दुइ जनाले अभिनय गरेको भिडियोले बजार लिएको छ । उक्त भिडियोको निर्देशन समेत अभि तामाङले गरेको छ ।
भिडियोको सम्पादन म्युजिक भिडियो निर्देशक, छायांकार तथा सम्पादक सुर्य लामा तामाङले गरेको छ । तामाङ जिग्मे मिडियाको सञ्चालक समेत हुन् । तामाङले म्युजिक भिडियो, छोटो चलचित्र, नेपाली चलचित्रमा समेत काम गर्दै आएको छ । तामाङले धेरै जसो तामाङ गीतहरु जिग्मे मिडियाको ब्यनारमा समेत बनाइ सकेका छन् । साथै जिग्मे मिडियाको युट्युब च्यानलमा धेरै कलाकारहरुको मिडियोलाई राखि सकेको छ । यसै गीतको छायांकन बज्र तामाङले गरेको छ । भिडियोलाई जिग्मे मिडियाको च्यानलमा हेर्न सकिने छ ।

Comments

comments

SHARE