-नाम्सादिम संवाददाता
नेपाल तामाङ घेदुङ र तामाङ पत्रकारहरु बीचमा शुक्रबार अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । घेदुङको सभा हलमा घेदुङले राखेको कार्यक्रममा पत्रकार र घेदुङ कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा घेदुङका संघीय अध्यक्ष मोहन गोलेले तामाङ समुदायको विषयमा घेदुङले उठाएको मुद्दाहरुलाई प्रकाशन प्रशारणमा कमि भएको बताउनु भएको थियो । साथै तामाङको विषयमा उठाएको मुद्दामाथि पत्रकारहरुले समाचार सम्प्रेशन गरेर सहयाेग गर्नका लागि अनुराेध गरेका थिए ।

अन्तरक्रियामा घेदुङले समाचार बन्ने खालको कार्यक्रम नै गर्न नसकेको पत्रकार कुमार यात्रु तामाङले बताउनु भएको थियो । समाचार बन्ने खालको कार्यक्रमहरु भएमा र पत्रकारहरुलाई कार्यक्रमको विषयमा सूचना दिएमा सबै पत्रकारहरुले समाचार प्रकाशन गर्ने तामाङले बताउँनु भयो । यसैगरी तामाङ पत्रकार संघका अध्यक्ष विष्णु मोक्तान तामाङले घुदुङको विषयमा राम्रो पक्षको मात्र समाचार प्रकाशन भएको बताउनु भयो । अझै घेदुङको राम्रो र नराम्रो पक्षमा चिरफार गर्न बाँकी रहेकाे बताउनु भयो ।

पत्रकार र घेदुङका पदादीकारीबीच भएको अन्तरक्रियापछि पत्रकारहरुले राखेको विषय प्रति घेदुङको ध्यानाकर्षण भएको बताउँनु भयो । कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषदको वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङ, अस्मिता तामाङ, पत्रकार कुमार यात्रु तामाङ, रामकृष्ण ब्लाेन तामाङ लगायतले सहभागी जनाएका थिए ।

Comments

comments

SHARE