-नाम्सादिम संवाददाता
जेष्ठ १०,०७६ यम्बु/ अन्तराष्ट्रिय तामाङ परिषदले शुक्रबार राधजानीमा पत्रकार सम्मेलन गरेको छ । परिषदले पत्रकार सम्मेलन मार्फत आगामी जुन २२ मा थाइल्याण्डमा पूर्वी एशिया क्षेत्रिय सम्मेलन गर्ने जानकारी दिएको छ ।
सन् २००२ मा स्थापित परिषदको भारतको मिरिक, दार्जिलिङमा सम्पन्न भएको चौथो सम्मेलनबाट परिमार्जित विधान अनुसार संसारभरका तामाङ संघ/संस्थाहरुलाई समेट्ने उदेश्यले पाँच वटा क्षेत्रीय समन्वय समितिले ब्यवस्थापन गर्ने जनाएको छ ।

सम्मेलनमा पूर्वी एशिया अन्तर्गतका राष्ट्रहरु थाइल्याण्ड, जापान, दक्षिण कोरिया,मलेशिया, हङकङ, बर्मा, मकाउ, सिंगपुर, चीन लगायत ९ वटा राष्ट्रमा क्रियाशिल रहेका तामाङ संघ/संस्थाका प्रतिनिधिहरुले भाग लिने परिषद्का वरिष्ठ उवपाध्यक्ष टासी लामा तामाङले जानकारी दिएको छ ।

साथै उक्त सम्मेलनमा नेपाल तामाङ घेदुङ, भारतमा रहेका अखिल भारतीय तामाङ बौद्ध संघले तोकेको प्रतिनिधिहरु समेत सहभागि हुन पाउँने जनाएको छ । नेपालबाट तामाङ समुदायको क्षेत्रमा काम गरीरहेका तामाङ व्यक्तित्वहरुले समेत सहभागी हुने पाउँने जनाएको छ ।

उक्त सम्मेलनले अन्तराष्ट्रिय तामाङ परिषदको सम्बन्धित क्षेत्रको उपाध्यक्षको अध्यक्षतामा विभिन्न देशका प्रतिनिधि सम्मिलित एक पूर्वी एशिया क्षेत्रीय समन्वय समिति पनि गठन गर्ने छ । यसका साथै परिषद्ले तामाङ समुदायको सामाजिक, राजनीतिक, आर्थिक, तथा शैक्षिक आन्दोलनलाई सशक्त तरिकाले अघि बढाउन नीति बनाउने जनाएको छ ।

पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय तामाङ परिषद्का पूर्वी एशिया क्षेत्रीय संयाेजक अस्मिता तामाङले विज्ञप्ती वाचान गरेकी थिइन् । सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, अस्मिति वाईबा तामाङ, मोहन गोले, कुमार ब्लोन, रविन लामा थिङ, सिता तामाङ, बेली तामाङ, रामकृष्ण तामाङ लगायतले सहभागी जनाएका थिए ।

Comments

comments

SHARE