जेठ १०, काठमाडौं / गायक प्रेम शेर्पाको प्रेम नामक पहिलो एल्बम बिहीबार एक कार्यक्रम गरेर सार्वजनिक गरेकाे छ । शेर्पाकाे गीत गायक एवं समाजसेवी गम्बु शेर्पाले सार्वजनिक गरेकाे हाे । कार्यक्रममा शेर्पा कलाकार संघका अध्यक्ष डिजे नवाङ, गायक तथा संगीतकार टिका बम्जन लगायतका कलाकारहरू उपस्थित भएका थिए ।

यसअघि शेर्पाकाे शब्दमा पप सेलो “तातो पानी जाने बाटोमा”, गीतलाई पुष्कर सुनुवारले गाएका थिए । उनले तेश्रो कोसेलिको रुपमा सेलो दोहोरी आफ्नै शब्द स्वरमा “सिन्धुपाल्चोक” ल्याए । उनले  “ज्यान कान्छी” नामक गितको भिडियो सहित “प्रेम” एल्बम बजारमा ल्याएकाे बताएकाे छ ।

भिडियाेकाे निर्देशन तथा गीतकाे शब्द जीवन बोम्जन तामाङ र संगीत संयाेजन  जाेगलाल तामाङले गरेका छन् । यसै गरी गीतमा स्वर भने प्रेम शेर्पा र लामु शेर्पाकाे रहेकाे छ । गीतकाे मिक्सिङ दिपेश प्रधानले गरेकाे छ । कार्यक्रममा गायक तथा संगीतकार जाेगलाल तामाङ, जीवन बम्जन, अनुस्का दाेङ लगायतलाइ सम्मान पनि गरेका थिए ।
म्युजिक भिडियाेमा अनुस्का दाेङ तामाङ र प्रेम शेर्पाले अभिनय गरेका छन् । भिडियाेकाे सम्पादन विजय राज बुर्ते र छायांकन रामेश्वर जिरेरले गरेका छन् ।

Comments

comments

SHARE