एउटा सपना
मेरो म्हेमेको पुर्घाङमा टेक्ने
उभिएर मेरो आखे चिहानमाथि
हेरिरहे पुस्तौंदेखी हराएको एउटा अनुहार
ढुङ्गामा खोपिएका एक सय आठ छ्युमिहरु…
जलाइदिए एकैचोटी मेरो आखेकाे नाउमा
म्हेमेले पिएको सात धाराको पानीले
चोख्याए मैलिएका मनहरु…

मेरो आखेको शिर झैं आग्लिएको
त्यो ज्योमो गाङ्हरुले
सुनाइरहेथ्यो गोले वंशको एउटा काइरन
त्यो जिउँदो डुङ्गाहरुमा
कोरिएको थियो ।
आफ्नै रगतले वंशको एउटा नक्सा
नलेखिएको एउटा इतिहास
नगाएको एउटा गीत
नपढेको एउटा किताब जस्तै
हो मेरो आखेकाे पुर्घाङ थाङ्पाल
अहिलेसम्म
नदेखिएको एउटा सपना जस्तै
खोज्नु छ मलाइ
मेरो आखेकाे मक्किएको करङ्का टुक्राहरु
खोज्नु छ काटिएक टाउकाहरु
र सोध्नु छ
मलाइ मेरो वंशको काइरन
मेरो रिमठिम
मेरो आखेको चिहान छेउ हाल्लिरहेको दार्ज्यूहरुलाई
यहि म्हेमेको चिहानमा उभिएर
जन्माउनु छ
मलाइ मेरो वंशजको
एउटा सपना
र सुनाउनु छ
नयाँ सन्ततिलाइ पुर्घाङकाे काइरन
अनि मात्र आखेकाे मानमा शान्ति मिल्नेछ  ।।।

-सजना गाेले तामाङ

Comments

comments

SHARE