-नाम्सादिम संवाददाता
जेष्ठ १०, हेटौंडा/ प्रदेश नं. ३ को नाम नेवा:-ताम्सालिङ राख्न माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकाे छ । प्रस्ताव दर्ता गर्न प्रदेश सभा सदस्य ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव तथा प्रदेश सभा सदस्यहरु प्रेमबहादुर तामाङ, सीता अधिकारी र रत्न ढकाल लगायतले समर्थन जनाएकाे छ ।

यसअघि ३ नम्बर प्रदेशको नाम गौरीशंकर राख्नु पर्ने भन्दै प्रदेश सभा सदस्य विशाल खड्काले प्रस्ताव दर्ता गरेका थिए  प्रदेश ३ को नाममा बाग्मती, नेपाल मण्डल र पाशुपत लगायत चर्चामा रहेका छन् । प्रदेश नं. ३ काे नाम नेवाः ताम्सालिङ नै हुनुपर्ने नेवार र तामाङ लगायत आदिवासी जनजातिहरूले पनि आन्दाेलन समेत गरेका थिए ।

प्रदेश नं. ३ मा तामाङ र नेवार समुदायकाे बाक्लाे बसाेबास रहेकाे हुनाले पनि नेवार समुदाय र तामाङ समुदायले नेवाः ताम्सालिङ नाम राख्न यसअघिदेखि नै शान्तिपूर्ण आन्दाेलन गर्दै आएका थिए । साथै नेवाः ताम्सालिङ संघर्ष समितिले ज्ञापन पत्र समेत बुझाएका थिए ।

Comments

comments

SHARE