-नाम्सादिम संवाददाता
जेष्ट १०, सिक्किम/ भारतकाे सिक्किममा पिएस गाेले तामाङ नेतृत्वकाे माेर्चाले बहुमतका साथ विजयी हासिल गरेका छन् । गाेलेले १७ स्थानमा विजय हासिल गरेकाे हाे । उनले पाँच पटक चुनाव जितेर सिक्किमकाे नेतृत्व गरिरहेका पवन चाम्लिङलाइ पछाडि पार्न सफल भएकाे छ।

विधान सभाकाे ३२ सिट रहेको सिक्किममा चाम्लिङको दललाई उछिन्दै सिक्किम क्रान्तिकारी मोर्चाले बहुमत ल्याएको हाे । पिएस गोले नेतृत्वको मोर्चाले बहुमतका लागि आवश्यक बहुमत १७ स्थानमा विजय हासिल गरेको छ । भाजपासँग सहयोग गरेको यो दलले लोकसभाको एक सिट पनि जितेको छ ।

गोलेको दल २०१३ मा मात्र स्थापना भएर २०१४ मा १० सिट जितेकाे थियाे । चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)ले लाेक सभामा पनि पछि परेका छन् ।

चाम्लिङ नेतृत्वको एसडिएफले १४ स्थान जितेको छ भने, एक स्थानमा उसको अग्रता रहेकाे देखिन्छ । चाम्लिङ २५ वर्षदेखि सिक्किमका मुख्यमन्त्री रहेका थिए । चाम्लिङ सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित मुख्यमन्त्री हुन् । चाम्लिङले सन् २००४ मा ३१, २००९ मा ३२ र २०१४ मा २२ सिट जित्न सफल भएका थिए । उनी सन् १९९४ देखि सत्तामा थिए ।

Comments

comments

SHARE