जिन्दगीको अर्को नाम खोज हो । यस्तै भन्छन्; मान्छेहरू ! साँच्चै हुन पनि हो नि । खोज बिनाको जिन्दगी के जिन्दगी ! खोजपूर्ण जिन्दगीको पो जिन्दगी ! त्यसैले त धेरै खोज्यौं । खोज्नै पर्ने पनि खोज्यौं । नपर्ने पनि खोज्यौं । खोजे पनि हुने नखोजे पनि हुने पनि खोज्यौं । खोज्नै नहुने पनि खोज्यौं । खोज्न त के सोध्न/सोच्न नहुने पनि खोज्यौं । आवश्यक पनि खोज्यौं । अनावश्यक पनि खोज्यौं । जेहोस्, खोज्यौं । खोजिरह्यौं । खोज्नका लागि खोज्यौं । देखाउनका लागि खोज्यौं । खोजकर्ता हुनालाई पनि खोज्यौं । अनुसन्धानकर्ता बन्न पनि खोज्यौं । अरूका नजरमा ठूला मानिस हुन पनि खोज्यौं । भनौं, विद्वान् विदुषी हुनाका निमित्त खोज्यौं ।

ठीकै छ । जे–जे खोज्यौं खोज्यौं ! अबफेरि पनि खोजौं । आफ्नै बारेमा खोजौं । आफ्नै आँखाले खोजौं । आफ्नैमा खोजौं । खोजकर्ता बन्न भन्दापनि दायित्व पूरा गर्न खोजौं । पितृऋण तिर्नलाई खोजौं । अरूलाई देखाउन मिल्ने गरी खोजौं । आफ्नै विगतलाई खोजौं । आफ्नै पुर्खालाई खोजौं । पुनःजन्ममा विश्वास गर्नु हुन्छ भने- हो; आफ्नै पूर्वजन्मको बारेमा खोजौं । एकै शब्दमा भन्नुपर्दा- आफ्नो ह्रुइगी ‘फो ल’लाई खोजौं । साँच्चै, ह्रुइरी बब्बा ह्रुइगी ‘फो ल’ लाई खोजौं । ह्रुइरी बब्बा ह्रुइगी ‘फो ल’ छ भनेर खोजौं । जसरी पनि भेट्टाउनु छ भनेर खोजौं । ढुक्क भएर खोजौं । शङ्का नगरी खोजौं । ह्रुइगी ‘फो ल’लाई जोगाउन खोजौं । दुनियाँका सामू आफ्नो मौलिक पहिचान देखाउन खोजौं । हराएको पहिचानको पुनरुत्थानको लागि खोजौं ।

संसारमा के छैन ? चाहिने पनि छन् । नचाहिने पनि छन् । न त चाहिने, न त नचाहिने पनि छन् । खोज्न जान्नुपर्छ । जे पनि छ । अरूका पनि छन् । आफ्नै पनि छन् । न त अरूका, न त आफ्नै पनि छन् । सबैभन्दा अगाडि- आफ्नै बारेमा खोजौं । खोजिइसकेकाका बारेमा भन्दापनि नयाँलाई खोजौं । स्पष्टै भन्नुपर्दा, भएर पनि नदेखिएकालाई खोजौं । नसोचेको विषयमा खोजौं । ध्यान नदिइएको कुरालाई खोजौं । खोज्नै पर्ने विषयमा खोजौं । समयको मागलाई खोजौं । भविष्यलाई खोजौं । विगतलाई दीलमा राखेर खोजौं । इतिहासको बीउभित्र नयाँ अङ्कूरलाई खोजौं । नयाँ फूल अनि फललाई खोजौं । नयाँ स्वाद र सुवासलाई खोजौं । दुनियाँलाई देखाउन खोजौं । नयाँ इतिहास लेखाउन खोजौं । पहिचानलाई स्थापना गराउन खोजौं । दबाइएका पक्षलाई खोजौं । सबैभन्दा धेरै आफ्नै ‘फो ल’लाई खोजौं । के हो ‘फो ल’ ? को हो फो ल ? कस्तो रहेछ ‘फो ल’ ? कहाँ रहेछ ‘फो ल’ ? केमा रहेछ ‘फो ल’ ? कसरी रहेछ ‘फो ल’ ? कुन विज्ञानमा रहेछ ‘फो ल’ ? कस्तो अवस्थामा रहेछ ‘फो ल’ ??

हो; आफ्नो बारेमा खोजौं । आफैँलाई चिन्न खोजौं । पुर्खाले भनिराखेका भनाईमा खोजौं । धर्म, दर्शन, संस्कार र संस्कृतिमा खोजौं । आफ्नै मुहारमा खोजौं । नाक, ओठ, मुख र कानमा खोजौं । जिउडालमा खोजौं । छालाको रङमा खोजौं । कपालमा खोजौं । बोलीमा खोजौं । जिभ्रोमा खोजौं । रगतका कण-कणमा खोजौं । हाडमा खोजौं । क्रोमोजोम, जीन, आरएनए र डिएनएमा खोजौं । तिनका भित्रैसम्म पसेर खोजौं । नपाएसम्म खोजिरहौं । खोज्नै त हो; मन लगाएर खोजौं । आफ्नै हातमा खोजौं । अहिलेसम्म शङ्ख र चक्र भनिएकामा खोजौं । हो; आफ्नै भाग्यमा खोजौं । सोच, विचार, मान्यता र दर्शनमा खोजौं । आफ्नै विश्वमा खोजौं । झर्रो विश्वदृष्टिकोणमा खोजौं । नबिटुलिएको भाषा, साहित्य, कला र पहिचानमा खोजौं । पक्का भेट्टाउने छौं । त्यसैले सारा कामलाई थाँती राखेरै खोजौं । खोज्नै पर्ने त ह्रुइगी ‘फो ल’ नै रहेछ । त्यसैका बारेमा खोजौं ।

आफ्नै मौलिकता जोगाउन खोजौं । पहिचानलाई स्थापित गराउन खोजौं । सहिष्णुता भन्दापनि समभाव र सद्भावका लागि खोजौं । कत्ति अरूका पछि दौडनु । आफ्नै तालमा दौडका लागि खोजौं । यात्रा रूपी जिन्दगीको यात्रा पूरा गर्न खोजौं । संसारलाई सजाउन खोजौं । पुरानैमा नयाँ ज्ञान दिन खोजौं । समाजलाई नयाँ बाटो देखाउन खोजौं । कोही हौं भनेर पुष्टी गर्न खोजौं । कत्ति पढ्नु अरूका कुरा । आफ्नो कुरा अरूलाई पढाउन खोजौं । अन्धविश्वासी र आध्यात्मिक भन्ने आरोप चिर्न खोजौं । कथित अन्धविश्वास र आध्यात्मिकता अनि पछौटेपनमा रहेको वैज्ञानिकतालाई खोजौं । अरूले खोजेर र्इश्वरीय कण भेट्टाइसकेका छन् । चुम्बकीय आवाजलाई सुनिसकेका छन् । हामीचाहिँ किन पछाडि ! त्यसैले वनस्पति र जीवलाई छुट्याएर खोजौं ।

जीवभित्र पनि पशु, पङ्क्षी र मानिसलाई छुट्याएर खोजौं । मानिसभित्र पनि नश्ल (सभ्यता)लाई छुट्याएर हेरौं । नश्ल (सभ्यता)भित्र पनि समुदाय (सभ्यता)लाई छुट्याएर हेरौं । समुदायभित्र पनि तामाङलाई छुट्याएर हेरौं । तामाङभित्र पनि थरलाई खुट्याएर हेरौं । थरभित्र पनि ङारु(र्इ) अर्थात् सहथर वा स्वाँगेभाइ अनि कुटुम्बथरलाई खोजौं । हो; त्यहीनेर भेट्टाउने छौं । थर, सहथर र कुटुम्ब थरलाई चिनेको दिन पक्कै पनि आफूलाई भेट्टाउने छौं । सत्ते, आफ्नै ह्रुइगी ‘फो ल’लाई भेट्टाउने छौं । नयाँ तथ्य भेट्टाउने छौं । पुर्खाका भनाई प्रमाणित हुनेछन् । हामी पनि वैज्ञानिक हुनेछौं । थेप्चेनाक अझै थेप्चिने वा चाहेजत्तिकै चुच्चो हुनेछ । हाम्रा पुर्खामा विज्ञान प्राप्त हुनेछन् । औंठाछापेको आरोप खेपिरहेका पुर्खाहरू महान् विद्वान् विदुषी प्रमाणित हुनेछन् ।

यत्ति गर्न सकेमा संसारले नयाँ काँचुली फेर्नेछ । हामी पनि भविष्य हाँक्ने सारथी हुनेछौं । म्हेमेदङ (फरप)मा आफ्नो नाम लेखाउन सफल हुनेछौं । मौलिक पहिचानलाई स्थापित गराउन सक्ने छौं । असक्षमबाट सक्षम बन्नेछौं । हाम्रा औंठाछापेहरू पनि प्रोफेसर हुनेछन् । हाम्रो पनि विश्वविद्यालय हुनेछ । हो; महान् आदिवासी विद्यालयको स्थापना हुनेछ । त्यसैका लागि मन लगाएर खोजौं । यही नै हाम्रो धर्म हो । यही नै कर्म र मर्म पनि हो । अन्यथा, जिन्दगी नै शर्म हो । लाज हो । कुरीकुरी हो । त्यसैले ह्रुइगी ‘फो ल’लाई खोजौं । आफ्नो ‘फो ल’लाई भेटाउन खोजौं । ‘फो ल’को आशिरवाद खोजौं । उनैबाट सुरक्षा खोजौं । अब ‘फो ल’लाई जोगाउन खोजौं । बिटुलो हुन नदिन खोजौं । संसार जित्न खोजौं ।

फेरि पनि ‘फो ल’ रिसाएमा विपत्ति आउने छन् । दैनदिन पर्यावरण प्रदुषणको शिकार हुँदैछ । ओजोनतह (ह्रिग्यालोन्पो)मा प्वाल पर्ने क्रम बढ्दो छ । परिणामतः नयाँ-नयाँ रोगहरू देखापर्दैछन् । त्यस्ता समस्याबाट जोगिन खोजौं । त्यसैका लागि आफ्नो ‘फो ल’लाई जोगाऔं । त्यसैले हाम्रो सुरक्षा गर्नेछ । समस्याबाट मुक्ति दिलाउनेछ । हामी बिटुलिएमा ह्रुइरी बब्बा ह्रुइगी ‘फो ल’ हराउनेछ । ‘फो ल’ कमजोर हुनेछ । ‘फो ल’ कमजोर भएमा हाम्रो अन्त्य हुनेछ । हो; आफू इतरमा विवाह गरे ‘फो ल’ कमजोर हुनेछ । अमिल्दा ‘फो ल'(जीन/आरएनए/डिएनए वा तिनका भित्र रहेका तर अहिलेसम्म खोज्न र पाउन बाँकी रहेको)लाई मिलाउन सकिन्न । त्यस्ता अमिल्दा ‘फो ल’लाई मिलाउन अर्थात् म्युटेनशनको क्रममा सफलता पाउनमै समय बर्बाद हुनेछ । भएको समय म्युटेशनमा प्रक्रियामै सकिनेछ । अन्य रोग तथा समस्यासँग लड्नसक्ने ‘फो ल’ निर्माणको मौका गुम्नेछ । त्यसैले बेलैमा सोचौं । बुद्धि खेलाऔं । ”खोज- ह्रुइगी ‘फो ल’लाई साथ दिऔं । भन्न खोजेको, मिशन- ह्रुइगी ‘फो ल’ बनाऔं । यो कुरा गलत लागेमा वा यसमा शङ्का लागेमा- आफैँले के रहेछ भनेर खोजौं । सही अनि आवश्यक लागेमा हो विश्वास जागेमा; आऔं । सँगै जम्मा होऔं । मिलेर खोजौं । हाम्रो आफ्नै ‘ह्रुइगी ‘फो ल’लाई खोजौं ! जय ”खोज- ह्रुइगी ”फो ल’ (मिशन- ह्रुइगी ‘फो ल’) !!!” क्रमशः

-लेखक गोले केआर चालिसेली खाेज तथा अनुसन्धान कर्ता हुन् ।  

लोकोत्तर लोकवादी विचार समूह
सोमसोर (साहित्यिक आन्दोलन)

Comments

comments

SHARE