-नाम्सादिम संवाददाता
जेष्ठ ८ काठमाडाैं / गायक दिलिप तामाङ्ले गुन्द्रुक र ढिँडो नामक म्युजिक भिडियो बजारमा ल्याएकाे छ । ओएस आर डिजिटल युटुव च्यानल बाट उक्त भिडियाे सार्वजनिक गरेकाे हाे ।

अभिनेता जयनन्द लामा, संगीतकार प्रदिप बम्जन, लाक्पा शेर्पा, संगीतकर बसन्त सप्कोटा नेपाली तार २ सन्तोस लामा निर्मला घिसिङ्, सुनिल गिरी लगायतकाे उपस्थितिमा उक्त भिडियाे सार्वजनिक गरेका थिए ।

गीतमा शब्द संगीत र भिडियाे निर्देशन लामो समयदेखी गीत संगित क्षेत्रमा रहेका गायक तथा संगीतकार सुसन लामाको रहेको छ । म्युजिक भिडियाेकाे छायांकन सागर लामाले गरेका हुन् ।

सार्वजनिक कार्यक्रममा पुगेका गायक संगीतकार तथा अभिनेता जयनन्द लामाले तामाङ सेलोको उत्पती र सेलोको नाम कसरी रहन गयाे भन्ने विषयमा मन्तव्य राखेका थिए ।  लामाले आफ्नो दुख पिडा भुलाउन मेला पात, जात्र, देवाली, बिहे, ब्रतबन्दहरुमा गाउँने स्याउले गीतकाे अपभ्रम्श भएर सेलाे भएकाे बताएका थिए ।

Comments

comments

SHARE