-नाम्सादिम संवाददाता
वैशाख २६, काठमाडौं/  चावहिलदेखि बौद्ध–जोरपाटी सडकखण्ड कालोपत्रे गर्न ढिला सुस्ति गरेकाे भन्दै बिहीबार स्थानियसंगै बाैद्ध व्यापार संघ आन्दोलनमा उत्रिएका छन् । विगत चार वर्षदेखि उक्त सडकखण्डमा धुलम्मे रहेकाे छाेडेका थिए । विश्व सम्पदा सूचिमा रहेकाे बाैद्ध स्तुपा अगाडि नै यसरी धुलम्मे सडक भएपछि पर्यटनहरूलाइ पनि गाह्राे भएकाे स्थानियकाे भनाइ छ ।

उक्त सडक खण्ड वर्षामा हिलाम्मे र हिउँदमा धुलम्मे भएर पर्यटकहरू नाक थुनेर हुन्न बाध्य छन् । पर्यटकहरू अाउने ठाउँमा यसरी सडकलाइ विचल्लित बनाइ राखेपछि सहनै नसकेर स्थानिय अान्दाेलनमा उत्रिन बाध्य भएकाे बताए ।

यस सडकखण्ड निर्माणको जिम्मा भने हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा जिम्मा लिएका थिए । सम्झौता अनुसार २०७४ को माघ महिनामै यो सडक बनिसक्नुपर्ने थियो । तर, अहिलेसम्म सडक निर्माण कार्य पूरा भएकाे छैन । सरकारले भने ठेकेदार कम्पनीको म्याद थपेको थप्यै गरिरहेका छन् । 

विरोधका कारण बजार बन्द गरिएको छ । प्ले कार्डमा यस्ताे लेखेका छन् । कालोपत्रे छिटो गर ! ठेकदारलाई कारवाही गर ! लगायतको नारा लगाएर सडकमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले बिहान शंख बजाएर सरकारको सांकेतिक विरोध पनि गरेका छन् ।

प्रदर्शनकाे क्रममा स्थानिय र व्यापार संघले सडकमा टायर बालेका थिए । साथै ह्युमपाइप, पोल तेर्स्याए र सडकको बीच भागमै बसेर गाडीहरुको आवत–जावत रोके । लामो समयदेखि सडक मर्मत नहुँदा विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपा अगाडिको सडकमा हिँडडुल गर्न समेत धेरै समस्या भएकाे छ ।  स्थानीयकै प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि केहीबेर दोहोरो झडप समेत भएको थियो ।

Comments

comments

SHARE