-नाम्सादिम संवाददाता

बैशाख २६ र २७ गते हुन लागेको तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सव तयारीका लागि प¥याप्त समय नपुगेको भन्दै कार्यक्रम गर्ने मिति सारेको छ । मंगलबार प्रेस विज्ञाप्ती निकालेर आयोजक संस्थाले महोत्सव यही जेष्ठ २९ र ३० गते गर्ने जानकारी दिएको छ ।

महोत्सवमा तामाङ सौन्दर्य, जीवनशैली र ज्ञान परम्परा झल्किने एवं तामाङ समुदायस“ग प्रत्यक्ष सरोकार राख्ने विषयबस्तुमाथि बनेका तामाङ फिल्म, डकुमेन्ट्री र छोटो फिल्म समेट्ने छन् ।

तामाङ भ्वाइस, सेलो फाउण्डेशन र एससिआरसिले आयोजना गर्न लागेको महोत्सवलाई वृहत ढंगले सम्पन्न गर्न अन्तरिक तयारीका गर्नका लागि समय अपर्यप्त भएकोले मिति सारेको निर्देशक जगत तामाङले बताउनु भयो । ‘तामाङ अन्तराष्ट्रिय इन्डीपीन्डेन्ड चलचित्र महोत्सव–२०१९’ राष्ट्रिय सभागृहको हलमा हुने प्रेस विज्ञाप्तीमा उल्लेख गरेको छ ।

Comments

comments

SHARE