–नाम्सादिम संवाददाता
जीवन यात्रामा हामी कहिले दुखको मरुभूमिमा फसिरहेका हुन्छौं त कहिले सुःख अनि खुशीले गद्गद् हुन्छौं । प्रय सबैजना सुःख अनि खुशी नै खोजीरहेका हुन्छन् । तर खुशी कहाँबाट प्राप्त गर्न सकिन्छ त्यो थाहा नहुँदा झनै दुःख भोगीरहेका हुन्छौं । त्यसैले त हामी दुःखमा होस् वा सुःखमा गीत संगीतलाई मलमको रुपमा प्रयोग गछौं । त्यही गीत सुनेर हर दुःख पीडालाई भुल्ने गछौं । त्यसैले सुःखमा पनि हामी त्यही गीत संगीतमा नै रम्दै बेसि सुखानुभुति लिन्छौं ।

त्यसैले होला धेरैले त गीत संगीतलाई दुःख र सुःखमा जिउँने शाहरा पनि बनाएका छन् । उनीहरु गीतलाई सुन्दै आँशु पिउँछन् । मनलाई हल्क बनाउँछन् । सायद गीत संगीत बिनाको जीवन त अर्थहिन नै हुन सक्छ । दिनभरिको काम अनि थकाई आ–आफ्नै किसिमको तनावले गर्दा कतिपय राति निदाउँन सकिरहेकाे हुँदैन । शाहराकाे रूपमा त्यही गीत सुन्न थाल्छन् । अनि निदाउँने कोशिस गर्छ । गीत सुन्दा सुन्दै निदाउँछन् पनि । त्यसैले गीत संगीतलाई राम्रोसंग सुन्ने हो भने यसले औषधीको काम पनि गरिरहेको हुन्छ ।

आजभोलि बजारमा धेरै गीतहरु आएका छन् । तर सबै गीतहरु औषधीको काम गर्ने खालको त हुँदैनन् । तर समाज परिवर्तनको शब्द अनि त्यस्तै संगीत र स्वर भरेको हुन्छ । त्यसैले गीत राम्रो बन्छ । गीत संगीत क्षेत्रमा कोही रहरले लाग्छन् त कोही गीत संगीतलाई नै खेती गरेर खान्छु भनेर लागि रहेको हुन्छ । त्यही मध्ये एक जना धरान महानगरपालिका वडा नं. १५ निवासी लोकप्रिय गायिका देशु गोले पनि एक हुन् । उनी सानै उमेरदेखि गीत संगीत क्षेत्रमा बढी रुचि राख्ने गर्थिन् । गीत गाउँने रहर हुँदा-हुँदै पनि विभिन्न कामहरुले गर्दा गाउँने कामलाई निरन्तरता दिन सकेनन् ।

तर पनि गीत गाउँन र एल्बम निकाल्न भने छाडेनन् । उनले १५, १६ वटा गीतहरु गाईसकेकि छिन् । गायिका गोलेले तामाङ सेलो, आधुनिक, पाप लगायत धेरै प्रकारका गीतहरुमा स्वर भरिसकेकी छिन् । उनले भर्खरै बजारमा नयाँ नेपाली गीत ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत ल्याएकी छिन् । गीतमा शब्द र स्वर गायिका देशु गोलेको नै रहेको छ भने, संगीत अर्जुन पोख्रेलले भरेका छन् । गीतको म्युजिक भिडियोमा अरुसि मगर र कजिस श्रेष्ठले अभिनय गरेका छन् । निर्देशन भने नेत्र किराँतीले गरेको हो । शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको म्युजिक भिडियोलाई गायिका देशु गोलेको युट्युव च्यानलबाट बाहिरा ल्याएका हुन् ।

म्युजिक भिडियोलाई राष्ट्रयगान ‘‘सयौं फूलका थुङगा हामी एउटै माला नेपाली’’ का रचनाकार एवं साहित्यकार प्रदीपकुमार राई (व्याकुल माइला) ले सार्वजनिक गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहेका राईले गायिकालाई सफलताको शुभकामना सहित निरन्तरताको लागि कामना गर्नु भएको थियो । साथै राईले यो गीतलाई सबै श्रोता दर्शकहरुले माया गरी हेर्नका लागि पनि अनुरोध गर्नुभएको थियो ।
भिडियाे हेर्न तल क्लिक गर्नु हाेला ।

Comments

comments

SHARE