-नाम्सादिम संवाददाता
विगत लामो समयदेखि गीत संगीत क्षेत्रमा लागेका गायक तथा संगीतकार निमा दोङ तामाङ र गायिका जितु लोप्चन तामाङको स्वरमा रहेको ‘ह्वाम्सी एदा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द ज्ञानदाश तामाङको रहेको छ । भिडियो शुक्रबार भक्तपुरमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

भिडियोको निर्देशन लामो समयदेखि म्युजिक भिडियोको निर्देशन गर्दै आएका अजय स्याङतान तामाङले गरेका छन् । भिडियोमा हिरालाल तामाङ र निरन्जली तामाङले अभिनय गरेका छन् । सपना लामाले निर्माण गरेको भिडियो धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक ठाउँ शैलुङ क्षेत्रमा छायांकन गरेका छन् ।

भिडियोलाई हाइलाइटबाट सार्वजनिक गरेका छन् । यस गीतमा संगीत गायक निमा दोङ तामाङको नै रहेको छ । भिडियो र्सावजनिक गर्न अघि नै गीत दर्शक श्रोताहरुले रुचाएकोले भिडियोलाई पनि मन पराउँने तामाङकाे भनाइछ ।

Comments

comments

SHARE