-नाम्सादिम संवाददाता
तामाङ चलचित्र संघका अध्यक्ष विकु बहादुर थोकर (विकु थोकर) ले पत्रकारहरुलाई धम्क्याएपछि अनलाईन पत्रकार ग्रुपले संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर कारवाहीको लागि माग गरेका छन् । संघका अध्यक्ष थोकरले बैशाख ११ गते गरेको एक कार्यक्रममा चलचित्रको विषयमा समीक्षा गर्ने पत्रकारहरुलाई जे पनि गर्न सक्ने धम्की दिएका थिए ।

प्रेस विज्ञप्तीमा खुल्ले आम रुपमा अभिव्यक्ति संबिधान प्रदत्त प्रेस स्वतन्त्रता माथिको नाङ्गो हस्तक्षेप भएको उल्लेख गरेको छ । चलचित्रको विषयमा टिप्पणी गर्न नपाउँने भन्दै धम्क्याएको प्रति २४ वटा अनलाईनहरुले घोर आपति जनाएका छन् ।

थोकरले अनलाईन ग्रुपका अध्यक्ष प्रितम कुमार तामाङको समाजिक सञ्जालमा चलचित्रको विषयमा समीक्षा गरेको भन्दै चलचित्रको विषयमा राम्रो पक्ष मात्र लेख्नु पर्ने नराम्रो पक्ष लेखेमा जुन सुकै परिस्थितिमा आफूले जे गर्न पनि तयार रहेको बताएका थिए । विज्ञप्तीमा संघका अध्यक्ष थोकरले सार्वजनिक स्थलमा राखेको वक्तव्यलाई सार्वजनिक रुपमा सच्याउन समेत अनुरोध गरेका छन् ।

निर्वाध रुपमा पत्रकारिता गर्ने वातावरणमाथि खलल पु¥याउने काम कोही कसैबाट नहोस भन्दै निज थोकरलाई कानूनी दायरामा उभ्याएर कारवाहीको लागि जोडदार माग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

सार्वजनिक कार्यक्रममा नै त्यस्तो धम्की दिएपछि अनलाईन ग्रुप र बाहिराका पत्रकार बैशाख ११ गते साँझ र १२ गते विहान बैठक बसेर प्रेस विज्ञप्ती निकाल्ने निर्णय गरेको थियो । बैठकमा सम्पूर्ण पत्रकारहरुले यसरी धम्की दिने व्यक्तिलाई कानूनी दायरामा उभ्याएर कारवाही गर्नुपर्ने धारण राखेका थिए । 

Comments

comments

SHARE