बैशाख १०, नाम्सादिम/ बौद्धधर्मलम्बीहरूले तिर्थस्थलहरू गुम्बा, विहार, चैत्यहरुमा प्राय म्हाणी राखेकाे हुन्छ । बौद्ध तिर्थस्थलहरुमा राखिने तोरण, धर्मचक्र, स्तुप जस्तै म्हानिकाे पनि अाफ्नै महत्व रहेकाे हुन्छ । तीर्थस्थलहरूमा जाने प्राय सबैदर्शनार्थिहरूले म्हाणी घुमाउने गर्छन् । भिक्षु भिक्षुणी, लामा तथा सर्वसाधारणले म्हाणी घुमाइरहेको दृश्य तपाइ हामीले देखिरहेकै पनि हाे ।

बौद्ध धर्म अनुसार म्हाणी घुमाउनुकाे अाफ्नै महत्व रहेको हुन्छ । म्हाणी घुमाउँदा ठूलो पुण्य प्राप्ति हुने धार्मिक विश्वास पनि रहेको छ । आर्यालोकेश्वर (च्यान्रेजिग), अमिताभ बुद्ध, पद्मसमभव गुरु रिन्पोछेका मन्त्रहरु र विभिन्न पाठ पूजाका मन्त्र र पाठहरु म्हाणी भित्र राखेका छन् । यी मन्त्रहरुलाई क्रमश मिलाएर राखिन्छ । यसरी मिलाएर राखिएका मन्त्रहरु सहितको म्हानी एक फन्को घुमाउँदा त्यसभित्र राखिएको सबै मन्त्र एक चोटी पाठ गरे बराबर मानिन्छ ।

जति पटक मनी घुमाइयो, त्यति नै मन्त्रहरु पाठ गरे बराबरको पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र आस्थाका कारण बौद्ध तीर्थस्थल पुग्ने जोकोहीले म्हाणी घुमाउने गरेका हुन् । मन्त्र पाठ गर्न नजान्नेले पनि मनी घुमाएको खण्डमा मन्त्र पाठ गरे जत्तिकै पुण्य प्राप्त गर्ने धार्मिक मान्यता रहि आएको छ । सम्पुर्ण प्राणी जगतको हितको कामना गर्दै म्हाणी घुमाउने गरिन्छ ।

बौद्ध तीर्थस्थल वरिपरि राखिएका मनीमध्ये स–साना मनीलाई मनीलाग्कोरु भनिन्छ । त्यस्तै कतिपय स्थानमा ठूला–ठूला मनी राखिएको हुन्छ । ठूला आकारका मनीलाई तुङ्ग्युर भनिन्छ । तुङ्ग्युर मनीमा १० करोड मन्त्र राखिएको हुन्छ । एक तुङ्ग्युर घुमाउदा १० करोड मन्त्र जप या पाठ गरे जत्तिकै धर्म प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।

Comments

comments

SHARE